काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पदभार ग्रहणपछि बोल्दै जेनजी आन्दोलनका क्रममा भौतिक तथा मानवीय क्षति हुनुमा सुनियोजित षडयन्त्र भएको बताएकी छन्। आइतबार कार्कीले पदभार सम्हालेपछि कर्मचारीहरूलाई सम्बोधन गर्दै मानवीय क्षति र अत्यावश्यक संस्थामाथि आगजनी नियोजित भएको बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले नेपालीहरूले नै देशका अत्यावश्यक भौतिक संरचना र मानवीय क्षति गरेका हुन् भने तिनीहरूलाई नेपाली भन्न नहुने बताइन्। उनले भनिन्,’ नेपालीले नै हत्या हिंसा गरेको भए उनीहरूलाई अब किन नेपाली भन्ने ?,हत्या हिंसामा संलग्नहरूमाथि छानविन हुन्छ। प्रधानमन्त्री कार्कीले मुलुकको आवश्यक संस्थामाथि आगजनी गर्नेहरूमाथि कडा कारवाही हुने बताइन्।
प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र सरकारका सम्पूर्ण काम कारवाही गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने दावी गरिन्।


