काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
कुलमान ऊर्जा, अर्याल कानुन र खनाल अर्थतन्त्र क्षेत्रका विज्ञ हुन्। खनालले अर्थ मन्त्रालय तथा घिसिङले ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हाल्ने लगभग पक्का भएकोमा अर्यालको जिम्मेवारी टुंगो लाग्न बाँकी छ। प्रधानमन्त्री कार्की निकट स्रोतका अनुसार अर्यालले गृहमन्त्रालयको जिम्मेवारी पाउने सम्भावना बलियो छ।
मन्त्रीहरूको शपथ ग्रहण भने सोमबार मात्रै हुने भएको छ।







