काठमाडौँ: जनविद्रोहबाट स्थापित पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बृठक सुरु भएको छ। सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।
प्रधानमन्त्री कार्कीको अध्यक्षतामा जारी बैठकमा ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ,अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी छन्।
गत शुक्रबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोमबार बिहान तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। घिसिङ, खनाल र अर्याल तीनै जनाले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्।
बैठकले सरकारका कामकारबाहीबारे आवश्यक निर्णय गर्न सक्ने बताइएको छ।


