२०८३ कार्तिक १२ गते बुधबार

जेनजी आन्दोलन: अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना

 |  रासस
Sanket

रासस

काठमाडौँ, असोज ४
1-Kamal_Bhandari_Family_Panchthar_YPxzkWoAVI

पाँचथर: वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताई गत वैशाखमा झापा आएका पाँचथरको हिलिहाङ गाउँपालिका- २ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आएकै थिएनन्। श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उनी झापामै बसेर विर्तामोड नगरपालिका- १० बिराटपोखरमा घर बनाइरहेका थिए।

गत भदौ तेस्रो साता मोबाइलमा कुराकानी हुँदा कमलले बुबा गणेशप्रसाद भण्डारीलाई दसैँसम्ममा घरको भुइँ तलाको काम सक्ने बताएका थिए। ‘दशैँमा यहाँको घर सिङ्गार्न आइपुग्छु भन्थ्यो’, गणेशले भने, ‘तर भदौ २५ गते कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो।’ गणेशलाई देशका मुख्य शहरमा जेन–जीको आन्दोलन भइरहेको र आन्दोलनमा आफ्नो छोरोसमेत सहभागी भएको थाहा नै थिएन।

घर निर्माण गरिरहेका कमल ‘जेन–जी’ आन्दोलन चर्किएको समयमा २४ भदौको साँझ आन्दोलनमा सहभागी हुन झापाको विर्तामोड गएका थिए। कमलका भाइ पवनका अनुसार श्रीमती सीतालाई ‘धेरै समय बस्दिनँ। एकैछिन आन्दोलनमा गएर आउँछु’ भनेर कमल गाउँका अन्य साथीसँग विर्तामोड लागेका थिए।

रात पर्दै गएपनि कमलको फोन उठेन। श्रीमती सीता, बहिनी मायालगायतले रातैभरि मोबाइलमा फोन गरे। फोन लाग्ने तर कुनै प्रतिक्रिया नआउँदा सबैको मनमा आशंका पसिसकेको थियो। बहिनी मायाका अनुसार गत २५ भदौको बिहान १० बजे कमलको फोन बीएन्डसी अस्पतालका सुरक्षाकर्मीले उठाए।

सुरक्षागार्डले ‘तपाईँको बिरामी यहाँ हुनुहुन्छ। आएर लिएर जानु’ भने। ‘हामीलाई केही थाहा नै भएन। हाम्रो दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी पनि गराएनन्’, मायाले भनिन्, ‘दाजुसँगै आन्दोलनमा आएका अरु कसैले पनि हामीलाई जानकारी गराएनन्। हामीले त चिन्ने कुरै भएन। त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ।’

जेन–जी आन्दोलन उत्कर्षमा पुगेका बेला २४ भदौको साँझको खाना खाएर कमल आन्दोलनमा सहभागी हुन विर्तामोड आएका थिए। आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा भएको झडपमा कमलको कञ्चटमा गोली लागेको थियो। घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बीएन्डसी अस्पताल पुर्‍याएका थिए।

कमलका परिवारजनले भोलिपल्ट मात्रै उनी ‘भेन्डिलेटर’मा भएको जानकारी पाए। ‘दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन। भाउजू बेहोस् अवस्थामा हुनुहुन्थ्यो’, बहिनी मायाले भनिन्, ‘चिकित्सकले गोली निकाल्न सकेनौँ। आफन्त पनि आउनुभएन भन्नुभयो। हामीले थाहा नै पाएनौँ भोलिपल्टसम्म। तर, त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ।’

कमलको शवलाई २८ भदौमा अमरपुर ल्याई दाहसंस्कार गरेपश्चात काका शान्तिराम भण्डारी र श्रीमती सीता काजक्रियामा बसेका छन्। ५७ वर्षका बाबु गणेश आफैँ बिरामले थलिएका छन्। बिरामी आमा खगमायाले राम्रोसँग कान नसुन्ने कमलका भाइ पवनको भनाइ छ।

बिरामी बाबु गणेशका गला अवरुद्ध छन्। गर्भवती श्रीमती सीता अझैँसम्म ‘अर्धचेत’ छिन्। सिकुवामा ‘हार्दिक श्रद्धाञ्जलि’ लेखेर ३० वर्षका छोराको तस्वीर राखिएको छ। आफन्त र छरछिमेकी घरभरि छन्। तर, गणेशलाई न निन्द्रा लागेको छ न भोकप्यास।

झापामा घर निर्माण सकेर बाबुआमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गर्दै आएका थिए। परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न भयो न त बाबुआमालाई झापा लैजाने कुरा नै। ‘हामीलाई पनि घर बनाइसकेर झापा नै लैजाने भन्दै थियो। तर, खोइ आज के आइलाग्यो रु’, भक्कानिदै बाबु गणेशले भने। भुइँ तला ढलान सकिएको घर फिनिसिङ गर्न बाँकी छ।

कमल दसैँमा घर सिङ्गार्न आइपुगेनन् नै दसैँको मुखका परिवार र सिङ्गो गाउँ शोकमा डुबेको छ। ३० वर्षीय कमलको ८ वर्ष खाडीमै बितिसकेको थियो। खाडीमा गरेको परिश्रमले झापामा जग्गा खरीद गरेर घर बनाउने क्रममा निधन भएपछि भण्डारी परिवारमाथि बज्रपात परेको छ। कमलका पाँच वर्षका छोराले अब कहिल्यै बाबु भेट्ने छैनन्, गर्भमा रहेको सन्तानले बाबु देख्न पनि पाउने छैन। अर्धचेत श्रीमती सीताले सहयात्राको सात वर्षमै श्रीमान् गुमाउनु परेको छ। ‘यिनीहरुको भविष्य के होला भन्ने हामीलाई ठूलो चिन्ता छ’, काका शान्तिरामले भने।

शहीद परिवारलाई भेट्न जनप्रतिनिधि, राजनीतिक दलका नेता र आन्दोलनका अगुवा आइपुगेका छैनन्। ‘हामीलाई भेट्न वडाध्यक्षसमेत आउनुभएको छैन’, शहीद कमलकी बहिनी मायाले भनिन, ‘देशमा परिवर्तन होला भनेर आन्दोलनमा गएको दाइ बित्दा कसैले वास्ता पनि गर्नुभएन।’

जेनजी आन्दोलनका शहादत प्राप्त गरेकाका परिवारलाई दिइने भनेको राहतबारे पनि भण्डारी परिवार जानकार छैन।

 

प्रकाशित: २०८२ असोज ४ गते शनिवार १०:३८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना