काठमाडौं – रियल मड्रिडका फरवार्ड करिम बेञ्जिमाले क्लब छोड्ने भएका छन। सन् २००९ देखि रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका बेञ्जिमाले १४ वर्षपछि क्लब छोड्न लागेका हुन्। उनी अब आउँदो मंगलबार क्लबबाट आधिकारिक रुपमा विदाई हुनेछन्।
बेञ्जिमा क्लबमा रहँदा रियलले पाँच पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।
उनले रियलबाट ला लिगाका चार उपाधि जितेका छन्। त्यस्तै, कोपाल डेल रेको उपाधि पनि तीन वटा जितिसकेका छन्। स्पेनको राजधानीको झन्डै डेढ दशक लामो बसाईमा उनले सुपर कोपा स्पाना तीन वटा जिते भने युइएफए सुपर कपको उपाधि पनि तीन पटक जितिसकेका छन्।
पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले छोडेपछि कलब कमजोर मानिएका अवस्थामा पनि बेञ्जिमाले रियललाई युरोपको सबैभन्दा एलिट प्रतियोगिता च्याम्पियन्स लिग जिताएका थिए। त्यसपछि उनले विश्वका उत्कृष्ट खेलाडीले पाउने बालोन डिओर अवार्ड प्राप्त गरेका थिए।
रियलले यसबाहेक पाँच पटक क्लब विश्वकपको उपाधि पनि जितिसकेको छ। यि सबै उपाधिले शृंगारिएका बेञ्जिमाले लामो समय रोनाल्डो, ग्यारेथ बेल, लुको मोड्रिच, मार्सेलोसँग खेलेका थिए। यि खेलाडी रियल मड्रिडका स्वर्णिम पुस्ताका खेलाडी हुन्। यि खेलाडीले लगातार तीन पटक च्याम्पियन्स लिग जिते।
यता, व्यक्तिगत तर्फ पनि बेञ्जिमले थुप्रै अवार्ड जितेका छन्। उनी च्याम्पियन्स लिगमा शीर्ष गोलकर्ता बने, सिजनको उत्कृष्ट खेलाडीले पुरस्कृत भए। चर पटक त फ्रान्सका उत्कृष्ट फरटबल घोषित भएका थिए। त्यस्तै, उनले ला लिगामा पनि उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। उनले यस्ता दर्जनौ व्यक्तिगत अवार्ड जितेका छन्।
अब उनले आज राति ला लिगाअन्तर्गत एथ्लेटिक क्लबसँग रियलका लागि अन्तिम खेल खेल्नेछन्।
सिजनको लिगमा उनले रियलका लागि १८ गोल गरेका छन्। उनी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा बार्सिलोनाका लेवान्डोस्की (२३ गोल) पछि दोस्रो स्थानमा छन्।
सन् २००९ मा रियल म्याड्रिडमा आबद्ध भएका बेन्जेमाले ४३८ खेलमा २३७ गोल गरेका छन्। अघिल्लो वर्ष रोनाल्डो साउदी अरेबिया गएर फुटबल खेलेपछि अहिले उनका प्रतिद्वन्दी लियोनेल मेस्सी पनि साउदी अरेबिया जाने हल्ला सुनिन थालेको छ।
त्यस्तै, धेरै फ्यानहरुले बेञ्जिमा पनि साउदी अरेबिया जाने शंका गरिरहेका छन्।


