मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन,’ भन्ने प्रावधान रहेको थियो। कानुनी बाध्यताअनुसार चुनावको मिति घोषणा भैसकेपछि निर्वाचन आयोगले तुरुन्त मतदाता नामावली निर्माण प्रक्रिया बन्द गर्नुपर्ने भएपछि जेन जीको मताधिकारमा कानुनी अड्चन देखिएपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनको प्रस्ताव गरेको छ।
उक्त दफामा आयोगले चाहेको अवस्थामा मतदाता नामावली खोलाउने सक्ने प्रावधान थपिएको हो। मतदाता नामावली ऐन २०७३ संशोधन भएसँगै आयोगले कात्तिक मसान्तसम्म मतदाता नामवली संकलन गर्ने तयारी गरेको छ।







