काठमाडौं। अन्तरर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० रुपैयाँ महँगो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको भाउ आज मंगलबार दुई हजार ३०० ले बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।
सोमबार एक तोला चाँदी दुई हजार ९६० मा खरिदबिक्री भएको थियो। गत आइतबार एक तोला सुन दुई लाख ३० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। चाँदी दुई हजार ९३० मा कारोबार भएको थियो।
अन्तरर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३९ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


