काठमाडौं। देशभर कृषि र पशुपालन क्षेत्रमा भएको क्षतिको विवरण संकलन सुरु गरेको छ। मन्त्रालयले सातै प्रदेशका सम्बन्धित कार्यालयलाई प्रारम्भिक विवरण संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ।
संलग्न कार्यालयहरूले स्थानीय तहको समन्वयमा बाढीबाट प्रभावित कृषि वस्तुहरूको प्रकार र परिमाण, पशुपंक्षीको क्षति, गोठ तथा व्यावसायिक फार्ममा भएको असर, र प्रभावित किसानको अवस्थाबारे विवरण संकलन गर्ने भएका छन्।
मन्त्रालयका अनुसार संकलित तथ्याङ्कको आधारमा किसानको योगदानको मूल्याङ्कन गरी आवश्यक सहयोग र सुविधा उपलब्ध गराइने छ। बाली वा पशुधनमा बिमा गरेका किसानका हकमा बिमाको सहजीकरणसहित मल, बिउ, प्रविधि र प्राविधिक सिपमा सहयोग पु¥याइने र आवश्यकता अनुसार क्षतिपूर्ति पनि प्रदान गरिने मन्त्रालयले जनाएको छ।
विवरण प्राप्त भएपछि आगामी दिनमा थप सतर्कता, जोखिम न्यूनीकरणका उपाय, अध्ययन तथा अनुसन्धानका आधारमा विस्तृत योजना निर्माण र कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।


