इजरायली गुप्तचर इकाइहरूले गाजामा बन्धक बनेका नेपाली युवा विपिन जोशीको भिडिओ प्राप्त गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। यो भिडिओ बुधबार साँझ सार्वजनिक गरिने समाचारमा जनाइएको छ।
यो घोषणा बुधबार बिहान होस्टेज फेमिली फोरमले गरेको द जेरुसेलम पोष्टले उल्लेख गरेको छ।
विपिन जोशी अक्टोबर ७ को नरसंहार हुनुभन्दा तीन हप्ता अगाडि मात्र इजरायल पुगेका थिए। उनी कृषि शिक्षा कार्यक्रमका लागि गएका हुन् । उनलाई किबुट्ज अलुमिमबाट अपहरण गरिएको थियो, जहाँ अन्य नेपाली नागरिकहरू पनि बसोबास गर्थे।


