२०८३ साउन १४ गते बिहिबार

रुसको ठूलो आक्रमणपछि युक्रेनको किएभ अन्धकारमा, पानी र बिजुली आपूर्ति बन्द

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २४
Aftermath of a Russian missile attack in Kyiv
Firefighters work at a site of a residential building heavily damaged during a Russian missile attack, amid Russia's attack on Ukraine, in Kyiv, Ukraine January 2, 2024. REUTERS/Valentyn Ogirenko

किएभ,एएफपी। युक्रेनको राजधानी किएभ शुक्रबार बिहान रुसको तीव्र हवाई आक्रमणपछि अन्धकारमा डुबेको छ। उक्त आक्रमणका कारण सहरको पानी र ऊर्जाको आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको युक्रेनी वायु सेनाले जनाएको छ। सेनाले यस आक्रमणलाई ठूलो हमला भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

क्रेमलिनले हालका हप्ताहरूमा युक्रेनका ऊर्जा पूर्वाधार र रेल प्रणालीहरूलाई निरन्तर निशाना बनाइरहेको छ, जसले अघिल्ला तीन जाडोयाममा भएका समान आक्रमणहरूको पुनरावृत्ति झल्काएको छ। ती अभियानहरूले युक्रेनी नागरिकहरूलाई चिसो मौसममा तताउने साधनविहीन बनाएको थियो।

शुक्रबार बिहान किएभमा एएफपीका पत्रकारहरूले शक्तिशाली विस्फोटहरूको आवाज सुने र सहरका विभिन्न क्षेत्रमा व्यापक रूपमा बिजुली कटौती भएको पुष्टि गरे।

“राजधानी अहिले शत्रुको ब्यालेस्टिक मिसाइल र आक्रमणकारी ड्रोनहरूको ठूलो हमलाको अधीनमा छ”, वायु सेनाले विज्ञप्तिमा उल्लेख गर्दै जनतालाई तत्काल आश्रय लिन आग्रह गरेको छ।

किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार रुसी सेनाले ‘महत्त्वपूर्ण पूर्वाधार’ मा लक्षित गरेको छ। प्रारम्भिक रिपोर्टअनुसार कम्तीमा नौ जना घाइते भएका छन्, जसमा पाँच जनालाई अस्पताल भर्ना गरिएको छ। “राजधानीको लेफ्ट बैंक बिजुलीविहीन भएको छ, पानी आपूर्तिमा पनि समस्या आएको छ”, उहाँले टेलिग्राममार्फत जानकारी दिए।

युक्रेनी ऊर्जामन्त्री स्विटलाना ग्रिन्चुकले पनि आक्रमणलाई ‘ग्रिडमाथि गरिएको ठूलो हमला’ भन्दै ऊर्जा क्षेत्रका प्राविधिकहरू नकारात्मक प्रभाव घटाउन निरन्तर प्रयासरत रहेको बताए। उनका अनुसार सुरक्षा अवस्थाले अनुमति दिए लगत्तै, क्षतिको मूल्यांकन र मर्मत कार्य सुरु गरिनेछ।

रुसले हाइपरसोनिक ‘किन्जाल’ मिसाइल प्रयोग गर्न सक्ने चेतावनी दिएकाले युक्रेनले शुक्रबार देशव्यापी सतर्कता जारी गरेको छ। उक्त मिसाइल पत्ता लगाउन र रोक्न अत्यन्त कठिन मानिन्छ।

दक्षिणपूर्वी जापोरिझिया क्षेत्रमा पनि रुसले सात रात लगातार ड्रोन आक्रमण गरेको बताइएको छ। यस आक्रमणमा सात वर्षीय बालकको मृत्यु र कम्तीमा तीन जना घाइते भएको स्थानीय प्रशासनका प्रमुख इभान फेडोरोभले जानकारी दिए।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार मस्कोले ऊर्जा पूर्वाधार र रेल सञ्जालमाथि आक्रमण गरी ‘अराजकता सिर्जना गर्न र मनोवैज्ञानिक दबाब दिन खोजिरहेको’ आरोप लगाए। उनका अनुसार यस्ता आक्रमणहरूले युक्रेनको ग्यास आपूर्ति प्रणालीमा दबाब बढाएको छ र थप क्षतिको अवस्थामा देशलाई आयातमा निर्भर बनाउने सम्भावना बढेको छ।

युक्रेनले पनि हालका महिनाहरूमा रुसभित्रका ऊर्जा र सैन्य लक्ष्यहरूमा ड्रोन र मिसाइल आक्रमणहरू बढाएको छ। जेलेन्स्कीका अनुसार यस्ता प्रतिआक्रमणहरूले ‘परिणाम देखाउन थालेका छन्’ र रुसमा इन्धनको मूल्य बढ्न थालेको छ।

यसैबीच रुसको सीमा नजिक बेलगोरोडमा रहेको पावर स्टेशनमा युक्रेनी आक्रमणपछि बिजुली सेवा अवरुद्ध भएको बताइएको छ। रुसले युक्रेनमाथि फ्रन्टलाइन नजिकै रहेको अमोनिया पाइपलाइन फुटाएर विषाक्त ग्यास फ्याँकेको आरोप लगाएको छ। उक्त घटनाको भिडियोमा जमिनबाट रासायनिक धुवाँ निस्किरहेको देखिन्छ तर युक्रेनी अधिकारीहरूले त्यसले स्थानीय जनजीवनमा कुनै खतरा नपरेको बताएका छन्।

लगातारका ड्रोन आक्रमणहरूका कारण युक्रेनी सरकारले पूर्वी डोनेट्स्क क्षेत्रको क्रामटोरस्क सहरबाट बालबालिका र अभिभावकहरूलाई निकासी गर्न आदेश दिएको छ। त्यस्तै, नजिकैको स्लोभियान्स्कका मेयरले पनि ऊर्जा पूर्वाधारमाथि भइरहेका निरन्तर आक्रमणका कारण बालबालिका र वृद्धहरूलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार रुसले हाल साना, सस्ता र पहिलो–व्यक्ति–दृश्य ड्रोनहरू व्यापक रूपमा प्रयोग गर्न थालेको छ, जसले युद्धको स्वरूपलाई तीव्र गतिमा परिवर्तन गरेको छ।

प्रधानमन्त्री युलिया स्विरिडेन्कोको नेतृत्वमा युक्रेनी प्रतिनिधिमण्डल आगामी हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने तयारीमा रहेको छ। भ्रमणमा ऊर्जा, हवाई सुरक्षा र रूसी आक्रमणका विरुद्ध सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र नेटो सहयोगीहरूले युक्रेनमा युद्ध अन्त्यका लागि दबाब बढाइरहेको बताए। यद्यपि उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने प्रयास गरे पनि अहिलेसम्म युद्धविराममा सहमति हासिल हुन सकेको छैन।

ट्रम्पले गत अगस्टमा अलास्कामा पुटिनलाई स्वागत गरेका थिए। त्यसपछि युक्रेनमा रुसी आक्रमण अझ तीव्र भएको थियो । रुसले यस हप्ताको सुरुमा ‘शान्ति सम्झौताको प्रक्रिया ठप्प भएको’ बताएको छ।

प्रकाशित: २०८२ असोज २४ गते शुक्रबार ०५:०१
प्रतिक्रिया

थप समाचार

गृहमन्त्री विराटनगर पुगे, देवानगञ्ज पुगेर घाइतेको स्वास्थ्यअवस्था बुझ्ने

काठमाडौँ: गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन्। विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएका छन्। गृहमन्त्री...

करदाता प्रोत्साहन उपहार कार्यक्रम कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौँः नेपाल राष्ट्र बैंकले करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायक (पिएसपी)तथा भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) हरूलाई आवश्यक सहजीकरण...

सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक समृद्धिको पूर्वशर्त हो: निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समय सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा देखिएको अशान्त वातावरण र तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघले एक प्रेस विज्ञप्ति...

सप्तरीमा सर्वदलीय बैठक: सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम: सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ। बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धार्मिक आस्था, संस्कृति...

अशान्त मधेश: सुनसरी र सिरहापछि वीरगञ्जमा पनि कर्फ्यु, के छ पछिल्लो अवस्था?

जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...
Roop_Jyoti
बैंकिङ

ऋण नतिरेपछि व्यवसायी रुप ज्योतिको सम्पत्ति लिलाम गर्दै प्रभु बैंक

काठमाडौं। व्यवसायी रुप ज्योतिले ऋण नतिरेपछि प्रभु बैंकले धितोमा राखेको सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको छ। साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंकमा समाहित) बाट लिएको ऋण नतिरपछि...
nrb2
बैंकिङ

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना