काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सदनमा जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अवरोध गरेका छन्।
पटकपटक प्रयास गर्दा पनि सदनको वातावरण तयार गर्न सभामुख देवराज घिमिरेलाई सकस परिरहेको छ। यसपछि एमालेका रघुवीर महासेठले प्रतिपक्षीका तर्फबाट धारणा राखेका छन्।
उनी बोलेको समयमा सत्तापक्षका सांसदहरू उठेर विरोध गरिएका छन्। एमालेलगायतका सांसदले नागरिकता विधेयकको प्रमाणीकरण अवैधानिक भएको तर्क गर्दै आएका छन् भने सत्तापक्षका सांसदहरूले प्रमाणीकरणलाई समर्थन गर्दै आएका छन्।
भिडियो
