काठमाडौं। पहेंलो धातु सुनको भाउ तीन हजार रुपैयाँ बढेको छ। यस्तै सेतो धातु चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएकोमा आज आइतबार तीन हजार बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार सुुनको भाउ तोलाको ४२ सय रुपैयाँ घटेको थियो।
आइतबार चाँदी तीन हजार १२५ रुपैयाँमा किनबेच भइरहेको छ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भएको छ।
