२०८३ कार्तिक १३ गते बिहिबार

दुर्लभ खनिजलाई लिएर अमेरिका–चीनबीच व्यापार युद्ध, ट्रम्पले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २६
trump_xi

बेइजिङ,एएफपी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएको छ। अमेरिकाको उत्त चेतावनीपछि चीनले आइतबार अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ।

ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गरेका छन्। उनले नोभेम्बर १ देखि लागू हुने गरी नयाँ करहरू थप्ने र ‘महत्त्वपूर्ण सफ्टवेयर’ निर्यातमा नियन्त्रण लगाउने निर्णयसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आगामी भेट रद्द गर्ने धम्की पनि दिएका छन्।

आइतबार चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको उक्त कर धम्कीलाई ‘दोहोरो मापदण्डको स्पष्ट उदाहरण’ भन्दै कडा प्रतिक्रिया जनाएको छ। मन्त्रालयले वासिङ्टनले सेप्टेम्बरदेखि नै बेइजिङविरुद्ध आर्थिक दबाबका कदमहरू चालेको स्मरण गराउँदै भनेको छ, “हरेक पटक उच्च करको धम्की दिनु चीनसँग व्यवहार गर्ने सही उपाय होइन।”

राष्ट्रपति ट्रम्पले चीनमाथि फेन्टानिल व्यापारमा संलग्नता र अनुचित व्यापार अभ्यास गरेको आरोप लगाउँदै अहिले चिनियाँ सामानहरूमा ३० प्रतिशत अमेरिकी कर लगाएको छ भने चीनले जवाफमा १० प्रतिशत कर लगाइरहेको छ।

दुर्लभ पृथ्वी तत्वहरू दुई महाशक्तिबीचको हालैको व्यापार वार्ताको प्रमुख विवाद बनेका छन्। यी तत्वहरू स्मार्टफोन, विद्युतीय सवारी साधन, सैन्य उपकरणदेखि लिएर नवीकरणीय ऊर्जा प्रविधिसम्मका उत्पादनमा अत्यावश्यक छन्। चीनले यस्ता खनिजहरूको विश्वव्यापी उत्पादन र प्रशोधनमा प्रभुत्व जमाइरहेको छ।

गत बिहीबार चीनले महत्त्वपूर्ण खनिजहरूको उत्खनन र प्रशोधनका लागि प्रयोग हुने प्रविधिमा नयाँ निर्यात नियन्त्रण घोषणा गरेको थियो। त्यसको जवाफमा राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै चीनले ‘अत्यधिक शत्रुतापूर्ण’ व्यवहार गरेको र ‘विश्वलाई बन्धक बनाउन खोजेको’ आरोप लगाएका छन्।

अमेरिकी नेताले यस महिनाको अन्त्यतिर दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनमा राष्ट्रपति सीसँगको प्रस्तावित भेटबाट पछि हट्ने धम्की दिएका छन्। जनवरीमा ट्रम्प पुनः सत्तामा फर्किएपछि दुवै नेताबीच हुने यो पहिलो प्रत्यक्ष भेट हुने अनुमान गरिएको थियो।

केही महिनाअघि बेइजिङ र वासिङ्टनबीच व्यापार युद्धको असहज युद्धविराममा सहमति भएको थियो। यद्यपि पछिल्ला घटनाक्रमले तनाव पुनः बढाएको छ।

गत शुक्रबार चीनले ‘रक्षात्मक कदम’ भन्दै अमेरिकामा सञ्चालित र निर्मित जहाजहरूमा ‘विशेष बन्दरगाह शुल्क’ लागू गर्ने घोषणा गरेको थियो। चीनले यो कदम अमेरिकाले आफ्ना जहाजहरूमा लगाएको बन्दरगाह शुल्कको प्रतिकारका रूपमा लिएको बताउँदै उक्त शुल्कले ‘चीनको हितलाई गम्भीर क्षति पुर्‍याएको’ आरोप लगाएको छ।

अमेरिकाले गत अप्रिलमा आफ्नै जहाज निर्माण उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्यले ती शुल्कहरू घोषणा गरेको थियो। यो उद्योगमा चीन र अन्य एसियाली मुलुकहरूको दशकौँ लामो प्रभुत्व रहेको मानिन्छ।

प्रकाशित: २०८२ असोज २६ गते आईतबार १२:३३
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना