लन्डन- दुई दशकदेखि लण्डनमा नेपाली तथा इन्डियन खानाका लागि कहलिएको ‘होली काउ ग्रुप’ सञ्चालिन फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड जितेको छ। अवार्ड जितेपछि होली काउ ग्रुपका सदस्यहरुले खुशी व्यक्त गरेका ५न्।
आइतबार बेलुका रेडिङ सहरमा आयोजित ‘इंग्ल्याण्ड्स अवार्ड्स २०२५’ मा डाइन रेष्टुरेन्टले उत्कृष्ट पुरस्कार हात पारेको थियो।
मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायत आधारमा पुरष्कृत व्यवसायहरुको छनोट गरिएको आयोजकले बताए। “प्रतिश्पर्धा अलिक टफ थियो, यस्तो अवस्थामा पनि प्रतिष्ठित अवार्ड पाउँदा हामी अत्यन्तै खुसी छौं,” होली काउ ग्रुपका अध्यक्ष कुल आचार्यले भने।
आचार्यले उक्त प्रतिस्पर्धामा भोट गरेर सहयोग गर्ने सबै मित्र, शुभेच्छुक र सहयोगीहरुलाई धन्यवाद तथा आभार पनि व्यक्त गरे।
सन् १९६५ मा यस्तो अवार्डलाई क्विन्स अवार्ड्स फर इन्टरप्राइज भनिन्थ्यो भने सन् २०२२ देखि उक्त अवार्डको नामकरण किंग्स अवार्ड्स फर इन्टरप्राइज गरिएको छ।
दुई दशकअघिदेखि एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्य र उनका भाइ दधि आचार्यको अगुवाइमा सुरु भएको होली काउ ग्रुपका विभिन्न आउटलेटहरु सञ्चालनमा छन्। ग्रुपले एक सय भन्दा बढि श्रमजीवीहरुलाई रोजगारी दिएको छ।
