२०८३ कार्तिक २२ गते शनिवार

तीन महिनामा ३५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा सबैभन्दा धेरै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ४
dollars

काठमाडौं। चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा ३५ अर्ब रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा ३११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको हो। यद्यपि, प्रतिबद्धता जनाइएको सबै लगानी आउने गरेको छैन्। केबल यो प्रतिबद्धता मात्र हो।

चालु आर्थिक वर्षमा सात वटा ठूला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ। विभागकाअनुसार गत असोजमा मात्र ७५ वटा साना उद्योगमा दुई अर्ब चार करोड ५७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ।

हालसम्म विभागमा सात हजार ५५० वटा उद्योगमा छ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको छ।

गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

रकमका आधारमा भने पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा एक अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो। उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा रु १८ करोड १० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ विभागले जनाएको छ।

तीन खर्ब ३३ अर्ब वैदेशिक लगानी स्टक

नेपालमा एफडीआई स्टक १२.७ प्रतिशत बढेको छ। गत वर्षसम्म वैदेशिक लगानी स्टक तीन खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। यसमा चुक्ता पुँजी ८.२, सञ्चितिमा २२.७ र ऋण ५ प्रतिशत बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको एफडीआई सर्भे रिपोर्टले देखाएको छ।

हालसम्म सबैभन्दा बढी एफडीआई छिमेकी भारतबाट आएको छ। कूल एफडीआईमा भारतको हिस्सा ३२.३ प्रतिशत छ। यस्तै दोस्रोमा छिमेकी चीन रहेको छ। चीनको हिस्सा १०.२ प्रतिशत छ।

यस्तै सिङापुरमा ८.३, आयरल्याण्डको ७, दक्षिण कोरियाको ६.१, अष्ट्रेलियाको ५.९, वेस्ट इन्डिजको ४.४, अमेरिकाको ४.२, आइसले म्यानको ३.४, हङकङको ३.३ र अन्य मुलुकको १४.९ प्रतिशत रहेको छ। कूल एफडीआईमा १० मुलुकको हिस्सा ८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

भारतबाट अहिलेसम्म एक खर्ब सात अर्ब ६३ करोड रुपैयाँ एफडीआई आएको छ भने चीनबाट ३३ अर्ब ८२ करोड २६ लाख र सिङापुरबाट २७ अर्ब ६६ करोड ४० लाख रुपैयाँ एफडीआई आएको छ।

यसैगरी आयरल्याण्डमा २३ अर्ब १४ करोड, दक्षिण कोरियाबाट २० अर्ब १८ करोड, अष्ट्रेलियाबाट १९ अर्ब ७१ करोड, वेस्ट इन्डिजबाट १४ अर्ब ७५ करोड, अमेरिकाबाट १३ अर्ब ८२ करोड, आइसले अफ म्यानबाट ११ अर्ब ४० करोड, हङकङबाट ११ अर्ब र अन्य मुलुकहरुबाट ४९ अर्ब ७७ करोड रुपैयाँ आएको राष्ट्र बैंकले जनाएको छ।

सबैभन्दा बढी एफडीआई विद्युत, ग्यास र एयरकन्डिसनमा आएको छ। यसमा एफडीआईको हिस्सा साढे २९ प्रतिशत रहेको छ। यस क्षेत्रमा ९८ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक लगानी आएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै उत्पादनमुलुक क्षेत्रमा ९७ अर्ब ५६ करोड, वित्त तथा बिमा क्षेत्रमा ८१ अर्ब ३९ करोड, एकोमेडेसन एन्ड फूड सर्भिसमा २६ अर्ब ९० करोड रुपैयाँ एफडीआई आएको छ।

गत वर्ष विश्वभर १५ खर्ब आठ अर्ब ८८ करोड डलर एफडीआई प्रवाह भएको छ। विकसित अर्थतन्त्रमा छ खर्ब ४१ अर्ब ६० करोड, विकासिशील अर्थतन्त्रमा आठ खर्ब ६७ अर्ब २० करोड प्रवाह भएको छ। यसमध्ये एसियामा छ खर्ब चार अर्ब र दक्षिण एसियामा ३४ अर्ब ६० करोड डलर एफडीआई प्रवाह भएको छ।

एफडीआई आउनुका साथै अर्बौं रुपैयाँ फिर्ता पनि गएको छ।आर्थिक वर्ष २०८०/०८१ मा १२ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ वैदेशिक लगानीबापतको लाभांश फिर्ता गएको छ। आर्थिक वर्ष २०७९/०८० को तुलनामा उक्त लाभांश पाँच अर्ब रुपैयाँ घटेको छ।

आर्थिक वर्ष २०७९/०८० मा १७ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ लाभांशबापत नेपालबाट बाहिरिएको थियो। उत्पादन उद्योगमा गरिएको लगानीबाट आठ अर्ब ९६ करोड ७९ लाख रुपैयाँ फिर्ता गएको छ।

वित्तीय तथा बिमा क्षेत्रमा गरिएको लगानीबाट दुई अर्ब ९९ करोड ७६ लाख रुपैयाँ लाभांश फिर्ता गएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

स्वास्थ्य तथा सामाजिक क्षेत्रमा गरिएको लगानीबाट ८९ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ। सूचना प्रविधि क्षेत्रमा गरिएको लगानीबाट एक करोड ४५ लाख रुपैयाँ लाभांशबापत विदेशिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २०८२ कार्तिक ४ गते मङ्गलबार ०८:००
प्रतिक्रिया

थप समाचार

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...

फोनपे पेमेन्ट सर्भिसको सातौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ: फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सभा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना