काठमाडौं। उद्धारका लागि सोलुखुम्बुको लोबुचे हिमाल पुगेको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ।
हेलिकोप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए। होलिकोप्टर दुर्घटना विहान साढे सात बजेतिर भएको थियो। क्याप्टेन खड्काको अवस्था सामान्य रहेको छ।
होलिकोप्टर मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ।
बिहान हेलिप्याडमा अवतरण गर्ने बेलामा हेलिकोप्टर चिप्लिएर दुर्घटनामा परेको बताइएको छ। क्याप्टेन खड्कालाई अर्को हेलिकोप्टरबाट उद्धार गरिएको छ। हेलिकोप्टरमा यात्रु थिएनन् ।


