२०८३ कार्तिक १६ गते आईतबार

प्रतिनिधिसभा विघटनबारे प्रधानन्यायाधीशको सवाल : संविधान जीवित बनाउनसक्ने अवस्था त्यसबेला थियो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १२
supreme court
फाइल तस्बिर

काठमाडौँ: वर्तमान अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।

इजलासले रिट निवेदक र कानून व्यवसायीहरूलाई अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने र जारी गर्नुपर्ने भए के विषयलाई समेट्नुपर्ने हो भनी बारम्बार प्रश्न सोधेको छ।

सुनुवाइका क्रममा प्रधानन्यायाधीश राउतले सांसदहरू रिट निवेदन लिएर नआएको विषयमा प्रश्न गर्दै सोधे, ‘कतिजना सांसद रिट लिएर आउनुभएको छ?’ उनले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछिको अवस्थाबारे पनि उल्लेख गर्दै भने, ‘तपाईंले भनेको जस्तो संविधानलाई जीवित बनाउन सक्ने अवस्था त्यतिबेला थियो कि थिएन? शीतल निवासको अवस्था के थियो? सर्वोच्च अदालतको अवस्था के थियो?’

उनले त्यतिबेलाको अवस्था अहिले जस्तो सामान्य नभई विषम परिस्थिति रहेको भन्दै माननीयहरू कता थिए र प्रधानमन्त्रीको अवस्था कस्तो थियो भनी प्रश्न गरे।

रिट निवेदकको पक्षमा बहस गरिरहेका अधिवक्ता विश्व ढुंगेलले प्रधानमन्त्री सुशीला कार्की संसद् बाहिरको व्यक्ति भएको र उनलाई संसद् र संविधान मास्ने अधिकार नभएको तर्क गरे।

त्यस्तै, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकार गठनको वैधतामै प्रश्न उठेकाले निर्वाचन हुन नसक्ने जिकिर गरे। उनले वर्तमान सरकार गठनको विधि नै गैरसंवैधानिक भएको र संविधानको धारा ७४ ले परिकल्पना गरेको बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली विपरीत भएको बताए। भट्टराईले राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभा विघटन गर्दा संविधानको कुन धाराको अधिकार प्रयोग गरिएको हो भनी उल्लेख नगरिएकोमा पनि प्रश्न उठाए। उनले संविधानको धारा १३२(२) ले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाई कुनै पनि सरकारी पदमा पुग्न निषेध गरेको भए पनि सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र हालै मन्त्रिपरिषदमा अनिलकुमार सिह्नाको नियुक्ति असंवैधानिक भएको दाबी गरे।

वरिष्ठ अधिवक्ता भट्टराईले संवैधानिक प्रावधान विपरीतका काम-कारबाही नगर्न र दूरगामी असर पर्ने कुनै पनि काम-कारबाही नगर्न-नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी हुनुपर्ने माग गरे। उनले यो अन्तरिम सरकारको एक मात्र कार्य प्रतिनिधिसभाको निर्वाचन गराउनु तोकिएकोले यसलाई दूरगामी असर पर्ने काम गर्नबाट रोक्नुपर्ने बताए।

इजलासमा न्यायाधीश कुमार रेग्मीले अन्तरिम आदेशमा निर्वाचन पनि नगर भन्ने हो भने सबै ठप्प भएर मुलुक कसरी चल्छ भनी प्रश्न गरे। उनले जेन-जी आन्दोलनको समयमा वैकल्पिक सरकार गठनको अवस्था थियो वा थिएन भन्ने पनि सोधे।

अर्का वरिष्ठ अधिवक्ता प्रेमराज सिलवालले यो सरकारले निर्वाचन गराउन नसक्ने र सडकको बलमा सत्तापलट हुन नसक्ने भन्दै प्रतिनिधिसभा विघटन बदरको माग गरे। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले भदौ २३ को घटनालाई ‘मानवता विरुद्धको अपराध’ भन्दै त्यसमा संलग्न प्रधानमन्त्री, गृहमन्त्रीदेखि गोली चलाउन आदेश दिने प्रहरी महानिरीक्षक, प्रमुख जिल्ला अधिकारी एवं काठमाडौंका प्रहरी प्रमुख लगायतमाथि तत्काल अनुसन्धान गरी फौजदारी मुद्दा अघि बढाउन अन्तरिम आदेशको माग गरे।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनपछि राजीनामा दिएका थिए। त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था नबनेकाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरी २०८२ फागुन २१ गते निर्वाचनको मिति तोकेका थिए।

सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नरहेको दाबी गर्दै अधिवक्ता प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल लगायतका अधिवक्ताहरूले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

प्रकाशित: २०८२ कार्तिक १२ गते बुधबार ०४:४१
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना