२०८३ साउन १३ गते बुधबार

प्रतिनिधिसभा विघटनबारे प्रधानन्यायाधीशको सवाल : संविधान जीवित बनाउनसक्ने अवस्था त्यसबेला थियो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १२
supreme court
फाइल तस्बिर

काठमाडौँ: वर्तमान अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।

इजलासले रिट निवेदक र कानून व्यवसायीहरूलाई अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने र जारी गर्नुपर्ने भए के विषयलाई समेट्नुपर्ने हो भनी बारम्बार प्रश्न सोधेको छ।

सुनुवाइका क्रममा प्रधानन्यायाधीश राउतले सांसदहरू रिट निवेदन लिएर नआएको विषयमा प्रश्न गर्दै सोधे, ‘कतिजना सांसद रिट लिएर आउनुभएको छ?’ उनले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछिको अवस्थाबारे पनि उल्लेख गर्दै भने, ‘तपाईंले भनेको जस्तो संविधानलाई जीवित बनाउन सक्ने अवस्था त्यतिबेला थियो कि थिएन? शीतल निवासको अवस्था के थियो? सर्वोच्च अदालतको अवस्था के थियो?’

उनले त्यतिबेलाको अवस्था अहिले जस्तो सामान्य नभई विषम परिस्थिति रहेको भन्दै माननीयहरू कता थिए र प्रधानमन्त्रीको अवस्था कस्तो थियो भनी प्रश्न गरे।

रिट निवेदकको पक्षमा बहस गरिरहेका अधिवक्ता विश्व ढुंगेलले प्रधानमन्त्री सुशीला कार्की संसद् बाहिरको व्यक्ति भएको र उनलाई संसद् र संविधान मास्ने अधिकार नभएको तर्क गरे।

त्यस्तै, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकार गठनको वैधतामै प्रश्न उठेकाले निर्वाचन हुन नसक्ने जिकिर गरे। उनले वर्तमान सरकार गठनको विधि नै गैरसंवैधानिक भएको र संविधानको धारा ७४ ले परिकल्पना गरेको बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली विपरीत भएको बताए। भट्टराईले राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभा विघटन गर्दा संविधानको कुन धाराको अधिकार प्रयोग गरिएको हो भनी उल्लेख नगरिएकोमा पनि प्रश्न उठाए। उनले संविधानको धारा १३२(२) ले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलाई कुनै पनि सरकारी पदमा पुग्न निषेध गरेको भए पनि सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र हालै मन्त्रिपरिषदमा अनिलकुमार सिह्नाको नियुक्ति असंवैधानिक भएको दाबी गरे।

वरिष्ठ अधिवक्ता भट्टराईले संवैधानिक प्रावधान विपरीतका काम-कारबाही नगर्न र दूरगामी असर पर्ने कुनै पनि काम-कारबाही नगर्न-नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी हुनुपर्ने माग गरे। उनले यो अन्तरिम सरकारको एक मात्र कार्य प्रतिनिधिसभाको निर्वाचन गराउनु तोकिएकोले यसलाई दूरगामी असर पर्ने काम गर्नबाट रोक्नुपर्ने बताए।

इजलासमा न्यायाधीश कुमार रेग्मीले अन्तरिम आदेशमा निर्वाचन पनि नगर भन्ने हो भने सबै ठप्प भएर मुलुक कसरी चल्छ भनी प्रश्न गरे। उनले जेन-जी आन्दोलनको समयमा वैकल्पिक सरकार गठनको अवस्था थियो वा थिएन भन्ने पनि सोधे।

अर्का वरिष्ठ अधिवक्ता प्रेमराज सिलवालले यो सरकारले निर्वाचन गराउन नसक्ने र सडकको बलमा सत्तापलट हुन नसक्ने भन्दै प्रतिनिधिसभा विघटन बदरको माग गरे। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले भदौ २३ को घटनालाई ‘मानवता विरुद्धको अपराध’ भन्दै त्यसमा संलग्न प्रधानमन्त्री, गृहमन्त्रीदेखि गोली चलाउन आदेश दिने प्रहरी महानिरीक्षक, प्रमुख जिल्ला अधिकारी एवं काठमाडौंका प्रहरी प्रमुख लगायतमाथि तत्काल अनुसन्धान गरी फौजदारी मुद्दा अघि बढाउन अन्तरिम आदेशको माग गरे।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनपछि राजीनामा दिएका थिए। त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था नबनेकाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरी २०८२ फागुन २१ गते निर्वाचनको मिति तोकेका थिए।

सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नरहेको दाबी गर्दै अधिवक्ता प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल लगायतका अधिवक्ताहरूले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

प्रकाशित: २०८२ कार्तिक १२ गते बुधबार ०४:४१
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना