नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका सांसद कुन्दनराज काफ्लेले जनताप्रति इमान्दार बन्ने सन्देश बोकेरमात्रै अधिवेशनमा जान अपिल गरेका छन्।
महाधिवेशनबारे पार्टीका छुट्टाछुट्टै समूहबीच सहमति जुटाउन केन्द्रीय समिति बैठक स्थगित गरिएपछि उनले आडम्बर, ढोङ र पाखण्डबाट माथि उठेर जनताप्रति इमान्दार बन्ने सन्देश बोकेरमात्र अधिवेशनमा जान अपिल गरेका हुन्।
कांग्रेस थुप्रै प्रश्नबाट घेरिएको भन्दै उनले पार्टीका पदाधिकारीबीचको स्वार्थ, तानातान र नेतृत्वको होडबाजीसँग जनताले गरेका प्रश्नहरू जोडिन नसकेका उल्लेख गरेका छन्।


