सिन्धुली- शुक्रबार दिउँसो सुनकोशी नदीमा खसेर बेपत्ता रहेको गाडी भेटिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार गाडी पाँचौँ दिनमा भेटिएको हो।
सुनकोशीमा गाडी खसेको पाचौँ दिनसम्म पनि तीन जना बेपत्ता थिए। सुनकोशीलाई थुनेर धार परिवर्तन गरी खोजी कार्य अगाडि बढाएपछि मंगलबार गाडी र दुई शव भेटिएका हुन्। गाडीमा सवार एक जना अझै बेपत्ता छन्।
भेटिएका शवहरूको सनाखत भइनसकेको प्रहरीले जानकारी दिएको छ। सीटीईभीटीका दुई जना निर्देशक र एक जना अधिकृत सवार थिए। सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट उक्त गाडी सुनकोशीमा खसेको थियो। गाडीमा सवार चालक मात्र बाँचेका थिए।


