काठमाडौँ- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ। घरेलु टोली म्यानमारले नेपाली टोलीलाई ५-० ले पराजित गरेको हो।
म्यानमारको यांगुनस्थित थुवुन्ना स्टेडियममा मंगलबार भएको खेलको पहिलो हाफमा म्यानमारले नेपालविरुद्ध २ गोल र दोस्रो हाफमा ३ गोल गरेको हो। म्यानमारकी यिन लुन इनले ह्याट्रिक गरिन्। यस्तै जिन मोई पाए र युन वादीले एक एक गोल गरेका थिए।
नेपालले बिहीबार चीनको सामना गर्नेछ। शनिबार चाईनिज ताइपेईसँग खेल्ने तालिका तय छ। पहिलो चरणको छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।


