काठमाडौँ: मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै सात राजनीतिक दलहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव आज मुख्यमन्त्री पदमा नियुक्त एपछि जनकपुरधाममा विरोध एवं मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको थियो।
सोमबार दिउँसो बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी बैठकले यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा अदालत जाने निर्णय गरेका हुन्।


