काठमाडौँ: गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गठित जेनजी घटनाको छानबिन तथा जाँचबुझ आयोगले निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङको विदेश भ्रमणमा रोक लगाएको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माले बिहीबार एक सूचना जारी गर्दै खापुङको विदेश भ्रमणमा रोक लगाइ काठमाडौँ उपत्यकाभन्दा बाहिर जानसमेत स्वीकृति लिनुपर्ने गरी पत्राचार गर्ने गरिएको जानकारी गराएका छन्।
खापुङ आजबाट सेवानिवृत्त भएका छन् भने भने नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,’ प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ,


