२०८३ कार्तिक १२ गते बुधबार

एनपीएलको माहोल: प्रधानमन्त्री पुगिन् खेल हेर्न, हेलीकोप्टरबाट पुष्पवृष्टि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १
NPL Kirtipur PM (6)

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध फिल्डिङ गर्दैछ। र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा काठमान्डु गार्खाजका कप्तान करण केसीले टस जितेर जनकपुरका कप्तान अनिल साहलाई पहिला ब्याटिङको निम्तो दिँदै फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

काठमाडौँले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेको छ। मोन्टी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षकसमेत हुन्। काठमाडौँले विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोस, स्कटल्यान्डका जेरहार्ड इरास्मस, अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेल तथा इङ्ल्यान्डका बेन चाल्र्सवर्थ र जोन सिम्पसनलाई आफ्नो टोलीमा समावेश गरेको छ। काठमाडौँले अन्य खेलाडीमा भीम सार्की, शाहव आलम, राशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापा रहेका छन्।

जनकपुर बोल्ट्सका प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपाल रहेका छन्। जनकपुरले दक्षिण अफ्रिकाका इमरान ताहिर र वायने पार्नेल, श्रीलङ्काका लाहिरु मिलान्था, अमेरिकाका सञ्जय कृष्णमुर्ती र नामिबियाका निकोल लोफ्टी इटोनलाई टोलीमा समावेश गरेको छ। जनकपुरको टोलीमा आसिफ शेख, अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, तुलबहादुर थापामगर, मयन यादव, आदित्य महता, विकास आग्री र सचिन भट्ट रहेका छन्।

एनपीएलको उद्घाटन खेल हेर्न प्रधानमन्त्री सुशीला कार्की मैदानम पुगेकी छन् भने मैदानमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ।

 

प्रकाशित: २०८२ मङ्सिर १ गते सोमबार ०४:३३
प्रतिक्रिया

थप समाचार

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना