२०८३ कार्तिक १२ गते बुधबार

मोबाइल र ल्यापटपमा यसरी हेर्नुहोस् एनपीएलका ३२ वटै खेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १
Photo (12)

काठमाडौँ: क्रिकेट संघ नेपाल (क्यान) बाट प्राप्त ओटीटी प्रसारण अधिकारका आधारमा डिसहोम मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका सबै ३२ खेल डिसहोम गो एपमार्फत विशेष प्रत्यक्ष स्ट्रिमिङ गर्ने तयारी पूरा गरेको छ। एनपीएल २ का खेलहरू १६ मंसिर २०८२ सम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछन्।

यसअनुसार एनपीएल २ को प्रत्यक्ष प्रसारण केवल डिसहोम गो एप तथा वेबसाइटमार्फत हुनेछ। युट्युबमा स्ट्रिमिङ उपलब्ध हुने छैन। सम्पूर्ण खेल बिना विज्ञापन प्रसारण गरिने डिसहोमले जनाएको छ, जसले दर्शकलाई उच्च गुणस्तरको विज्ञापनरहित स्ट्रिमिङ अनुभव प्रदान गर्नेछ।

एनपीएल २ हेर्नका लागि भुक्तानी इसेवा, खल्ती, भिसा र मास्टरकार्ड मार्फत सहज रूपमा गर्न सकिने डिसहोमले जनाएको छ। नेपाल तथा विदेशमा रहेका दर्शकले मोबाइल वालेट (इसेवा, खल्ती) तथा अन्तर्राष्ट्रिय कार्ड (भिसा, मास्टरकार्ड) प्रयोग गरेर सुरक्षित भुक्तानी गर्न सक्नेछन्। पास खरिद गरेपछि दर्शकले मोबाइल एप वा वेब ब्राउजरमार्फत खेल हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

सदस्यता शुल्क नेपालभित्रका दर्शकका लागि रू ३००, मध्यपूर्वका दर्शकका लागि रू ५०० र अन्य देशका दर्शकका लागि अमेरिकी डलर १० पर्नेछ। एकचोटि सदस्यता लिएपछि सम्पूर्ण प्रतियोगिताका खेलहरू प्रत्यक्ष स्ट्रिमिङ, पुनः-प्रसारण तथा अन्य सामग्री सहित डिसहोम गोमा हेर्न सकिनेछ।

कहाँ–कहाँबाट हेर्न सकिनेछ?
डिसहोम गो मोबाइल एप (एन्ड्रोइड, आइओएस), एन्ड्रोइड टिभी र वेब ब्राउजर (वेबसाइटमार्फत) प्लेटफर्महरूमा उपलब्ध छ। नयाँ प्रयोगकर्ताले डिसहोम गो एप गुगल प्ले स्टोर र आइओएस एप स्टोरबाट डाउनलोड गर्न सक्नेछन्।

डिसहोम गोले उच्च गुणस्तर र विश्वसनीय स्ट्रिमिङका लागि अन्तर्राष्ट्रिय ओटीटी समाधान प्रदायक मोबियोटिक्स तथा विश्वप्रसिद्ध क्लाउड/सामग्री वितरण प्रदायक अकामाई सँग साझेदारी गरेको छ। यी प्रविधि साझेदारहरूले अघिल्लो ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उच्च ट्राफिक व्यवस्थापन गरेको अनुभव भएकाले एनपीएल २ को स्ट्रिमिङ अझ सुदृढ, तीव्र र उच्च रेजोलुसनमा उपलब्ध हुने डिसहोमले जनाएको छ।

डिसहोम मिडिया नेटवर्कका प्रतिनिधिका अनुसार, नेपाली प्रिमियर लिग २ मार्फत नेपाली क्रिकेटलाई डिजिटल प्लेटफर्मबाट विश्वभर पुर्‍याउने  लक्ष्य रहेको छ। जसअनुसार इसेवा, खल्ती, भिसा र मास्टरकार्ड जस्ता लोकप्रिय भुक्तानी माध्यम उपलब्ध गराएर दर्शकका लागि प्रक्रिया अझ सरल, सुरक्षित र सुविधाजनक बनाइएको छ।

प्रकाशित: २०८२ मङ्सिर १ गते सोमबार ०५:४८
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना