२०८३ साउन ११ गते सोमबार

सोलुमा हिमालयन एभरेष्ट सञ्चालन तयारी,१० करोड लिटर पानी प्रशोधन गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २
minral_water

काठमाडौं। सोलुखुम्बुको दूधकुण्ड नगरपालिकामा पानी प्रशोधन उद्योग खुल्ने भएको छ। हिमालयन एभरेष्ट वाटर प्रालिले उक्त स्थानमा पानी प्रशोधन प्लान्ट स्थापना गर्न लागेको हो।

प्रस्तावित पानी उद्योग स्थापनासम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षणका लागि सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। सोलुदुधकुण्ड नगरपालिका–८ र ११ को सिमानामा अवस्थित वनवाडेमा सार्वजनिक सुनुवाइ गरिएको छ।

यसअघि ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर १ मा वार्षिक एक करोड ५० लाख वटा एक लिटरका बोतलहरूमा र आठ लाख वटा २० लिटरका जारहरूमा प्रशोधित पिउने पानी उत्पादन गर्ने प्रस्ताव गरेको थियो।

उद्योग सञ्चालन हुन नसकेपछि उद्योगलाई हाल सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ८ र ११ मा स्थानान्तरण गरिएको हो।

उद्योगले पूर्व प्रस्तावित उत्पादनबाट २० लिटरका जारहरूको प्रशोधित पिउने पानी हटाई वार्षिक आठ करोड १० लाख वटा एक लिटर पानी र दुई करोड ४० लाख वटा आधा लिटरका बोतलहरूमा प्रशोधित पिउने पानी उत्पादनमा थप गर्न क्षमता विस्तार गर्न लागेको हो।

अघिल्लो आर्थिक वर्षमा सरकारले हिमालको पानी ब्राण्डिङ गर्न सरकारले वाटर फ्रम द हिमालय कार्यक्रम सञ्चालन गर्ने भनेको थियो। तर, उक्त योजना कार्यान्वयनमा आउन सकेन।

तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी वाटर फ्रम द हिमालय कार्यक्रम घोषणा गरेका थिए।
त्यसबेला उनले बजेटमा हिमालको पानीलाई ब्राण्डिङ गरी निर्यातका लागि आवश्यक सहजीकरण गर्ने बताएका थिए।

हाल व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रसुवामा सञ्चालित हिमालयन वाटरले हिमालय वनटप पानी प्रशोधन गरी विदेशमासमेत निर्यात गरिरहेको छ। उद्योगले उत्पादन गरेको पानी नेपालका साथै विदेशका तारे होटलहरुमा खपत हुने गरेको छ।

सरकारले गरेको एक अध्ययनमा हिमाली क्षेत्रमा यस्ता पानी उद्योग खोल्न उपयुक्त मुहानहरु भेटिएको देखाएको छ। कन्चनजंघा, सगरमाथा, अपी, लाङटाङ, अन्नपूर्ण लगायतका हिमश्रृंखला र संरक्षण क्षेत्रभित्र यस्तो पानी उद्योगको प्लान्ट लगाउन सकिने देखिएको छ।

प्रकाशित: २०८२ मङ्सिर २ गते मङ्गलबार ०८:३७
प्रतिक्रिया

थप समाचार

‘खल्ती इन्फ्लुएन्सर अवाड्रस’ को घोषणा

काठमाडौँः नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवाड्रस’ आयोजना हुने भएको छ । नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (शुक्रबार) प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा...

एनसेल विवादमा सरकारको निर्णयको प्रतीक्षा, फेरि पठायो प्रधानमन्त्री कार्यालयलाई पत्र

काठमाडौँः सर्वोच्च अदालतबाट कानुनअनुसार प्रक्रिया अघि बढाउन आदेश आएपछि एनसेलले पुनः सरकारको ध्यानाकर्षण गराउँदै विवाद टुंग्याउन आग्रह गरेको छ। एनसेलले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२’ को मिति घोषणा भएको छ। बुधबार मञ्चले काठमाडौंमा एक कार्यक्रम गर्दै अवार्डको २३औं संस्करण...

नबिल बैंक तीन अन्तर्राष्ट्रिय अवार्डबाट  सम्मानित

काठमाडौँ: नबिल बैंक विश्वप्रसिद्ध युरोमनी अवार्ड्स फर एक्सिलेन्स अन्तर्गत तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। बैंकले नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना