काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई २२१ रनको विशाल लक्ष्य दिएको छ।
विराटनगरले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २२१ रन बनाएको हो। पोखरा एभेन्जर्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो।
विराटनगर किंग्सबाट खेलेका न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिल र लोकेश बमले अर्धशतक पार गरेका छन्। मार्टिनले पाँच छक्का र तीन चौकासहित ३५ बलमा ६१ रन बनाए। यस्तै बमले सात छक्का र एक चौकासहित ४८ बलमा ७२ रनको योगदान गरे।
विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान रहेका छन्।
यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ। हिजो भएको पहिलो खेलमा भने काठमाडौंले जित निकालेको थियो।


