२०८३ साउन ११ गते सोमबार

चौधरी ग्रुुपले एक वर्षमा बुझायो २५ अर्ब ५९ करोड राजस्व

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
cg_group

काठमाडौँ: चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको कुल राजस्वमा २ प्रतिशत भन्दा बढी योगदान गरेको छ। राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा १८.५२ अर्ब कर तिरेको चौधरी ग्रुपले यस वर्ष ७ अर्ब बढी कर राज्य ढुकुटीमा दाखिला गरेको छ, जसले चौधरी ग्रुपको लगानी वृद्धि तीव्र गतिमा रहेको स्पष्ट पार्छ।

योसँगै गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ कर तिरेको छ। कमजोर आर्थिक गतिविधि, आयात–निर्भर बजार, नीतिगत अस्थिरता तथा निजी लगानीमा आएका बाधाका बाबजुद पनि चौधरी ग्रुपले निरन्तर करमा वृद्धि गर्दै आएको छ। यसले राष्ट्रका विकास योजनाहरू, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण तथा सार्वजनिक सेवाका क्षेत्रमा राज्यलाई थप आधार प्रदान गर्ने चौधरी ग्रुपले विश्वास लिएको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार, चौधरी ग्रुपले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तारमार्फत राजस्व योगदान बढाउँदै लगिरहेको छ। ‘ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नुभएकोमा आभारी छौं,’ निर्वाणले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कुल राजस्वमा उल्लेखनीय योगदान गरेको छ। चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ।’

नेपालमा व्यवसायिक समूहहरूले सरकारलाई तिरेको कर अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा अझै स्थापित नभएकाले कतिपय समयमा करदाताको वास्तविक योगदानबारे जनमानसमा भ्रम उत्पन्न हुने गर्छ। यस्तो अवस्थालाई अन्त्य गर्दै चौधरी ग्रुपले हरेक वर्ष आफ्नो एकमुष्ट कर विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ। यसले राष्ट्र निर्माणमा व्यवसायिक क्षेत्रको भूमिकालाई स्पष्ट पार्नुका साथै, सरकारलाई पनि समूहगत कर योगदान छुट्टै गणना गरी पारदर्शी रूपमा खुलाउने संयन्त्र विकास गर्न प्रेरित गर्ने विश्वास लिइएको छ।

चौधरी ग्रुपले गत ५ वर्षमा तिरेको राजस्व

 

प्रकाशित: २०८२ मङ्सिर ३ गते बुधबार ०२:२९
प्रतिक्रिया

थप समाचार

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।

बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने

कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो।

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

हेटौँडा: बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग...

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना