काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार भएको दोस्रो खेलमा काठमाडौँ गोर्खाजले ब्याटिङको कमजोर प्रदर्शनी गर्दै विराटनगर किंग्सविरुद्ध १३५ रनको सामान्य लक्ष्य दिएको छ।
२० ओभरमा ६ विकेटको क्षतिसहित काठमाडौँले १३४ रन बनाएको हो।
काठमाडौँका तर्फबाट आदिल आलमले ४८, बेन चार्ल्सवर्थले ३२, सन्तोष यादवले २६ र गेहार्ड इरसमसले १० रनको योगदान गरे भने अन्य दुई खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
पहिले टस जितेर फिल्डिङ गरेको विराटगरका तर्फबाट मर्चेन्ट डि लाङगेले दुई विकेट लिए। यस्तै सन्दीप लामिछाने, शुभम रञ्जाने र सूर्य तामाङले एक–एक विकेट लिए।


