२०८३ कार्तिक १२ गते बुधबार

पर्यटक लोभ्याउँदै बन्दीपुरे घर

 |  रासस
Sanket

रासस

काठमाडौँ, मङ्सिर ७
SanebahadurNepali_Tanahun_RSS_06_20251122_111633 (1)

दमौली: ‘बन्दीपुरको हावापानी र संस्कृति लोभलाग्दो रहेछ, पहिलोपटक आएकी मलाई बन्दीपुरले लोभ्यायो,’ चितवनकी दीपा थापा मगरले भनिन्। बन्दीपुरका पुराना घरहरू, यहाँको स्थानीयवासीको सम्मानसहित बोल्ने परम्परा झनै राम्रो पक्ष रहेको उनको भनाइ छ।

दोस्रो पटक बन्दीपुर आएकी चितवनकै प्रतिभा निउरे सापकोटाले पनि यहाँका पुराना घरहरूले आकर्षण थपेको बताइन्। उनले भनिन्, ‘भक्तपुरे शैलीका घरहरू बन्दीपुरको आकर्षण हो।’

मुस्ताङ भ्रमण गरेर बन्दीपुर आइपुगेका काठमाडौंका प्रदीप जङ्गले बन्दीपुर अन्य गन्तव्यभन्दा फरक लागेको बताइन्। बन्दीपुरको बजार राम्रो लागेको बताउँदै उनले थपिन्, ‘यसरी पुरानो घरहरू एकैठाउँमा देखेको थिइँन, नौलो लाग्यो।’

चितवनबाट आएर बन्दीपुर एक रात बिताएकी आशिका पौडेलले यहाँ निर्माण रहेको मिनी ग्रेटवालले चीनकै ग्रेटवालको झल्को दिने बताइन्। उनले भनिन्, ‘हामीले बन्दीपुरमा हाइकिङ पनि गर्‍यौँ, बन्दीपुर उपयुक्त पर्यटकीय गन्तव्यस्थल रहेकाले साथीभाइलाई पनि घुम्न जान सुझाव दिन्छु।’

पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला पर्यटकको चाप बढेको छ। विगत केही दिनदेखि बन्दीपुरमा पर्यटकको आगमन बाक्लिएको हो। बन्दीपुर आउने पर्यटकहरूले विभिन्न जातजातिका सांस्कृतिक पोशाकमा सजिएर टिकटक बनाउने, तस्बिर खिच्ने समेत गरेका छन्।

बन्दीपुर होटल व्यवसायी सङ्घका उपाध्यक्ष सुजन श्रेष्ठले जेनजी आन्दोलनपश्चात् बन्दीपुरको पर्यटन लयमा फर्किएको बताए। पहिले शुक्रबार र शनिबारमात्रै पर्यटकको चाप हुने गरेपनि अहिले दैनिकजसो पर्यटकको चाप रहेको उनले बताए। उनले भने, ‘यो बेला भनेको विदेशी पर्यटक आउने बेला पनि हो। स्वदेशी पर्यटकको पनि उत्तिकै चहलपहल छ।’

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरमा दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेको र त्यसमध्ये दुई÷तीन सयले बास बस्ने गरेको जानकारी दिए। उनका अनुसार बन्दीपुरमा ६६ होटल रहेको र एकदिनमा चार हजार बास बस्न सक्ने क्षमता छ।

प्रधानले जेनजी आन्दोलनका क्रममा बुकिङ गरिसकेका पर्यटकले पनि बुकिङ रद्द गरेको बताउँदै थपे, ‘अहिले भने विदेशी भन्दा स्वदेशी पर्यटकको चाप बढेको छ। नेपाली पर्यटक दिनभर बन्दीपुरमा घुम्ने, रमाउने र फर्किने गरेका छन्। केहीले भने बन्दीपुरमै रात बिताउने गरेका छन्।’

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरमा पर्यटकको बसाइ लम्ब्याउन बन्दीपुर भ्रमण वर्ष २०२५ सञ्चालन गरिएको जानकारी दिए। यहाँबाट विभिन्न हिमश्रृङ्खला आँखै अगाडी हेर्न सकिने भएकाले बन्दीपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको थापाको भनाइ छ।

विसं २०८१ सालमा दुई लाख पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमण गरेका थिए। त्यसमध्ये विदेशी पर्यटक ६० हजार र स्वदेशी पर्यटक एक लाख ५० हजार रहेको जनाइएको छ। बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ।

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ।

प्रकाशित: २०८२ मङ्सिर ७ गते आईतबार ०१:०६
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना