२०८३ कार्तिक २४ गते सोमबार

नेपालमै गाडी उत्पादन गर्न हङकङको कम्पनीसँग एमओयू गर्दै लगानी बोर्ड, १६ अर्ब लाग्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १०
ass

काठमाडौँ: झण्डै ८ वर्षअघि नेपालमै हुन्डाई र कियाका गाडी उत्पादन तथा एसेम्बलिङ गर्ने योजनासहित कोरियाली गाडी उत्पादक मोट्रेक्स मोटर कम्पनीले लगानी बोर्डमा प्रस्ताव गरेको थियो। प्लान्टको काम अघि बढाउन लगानी बोर्ड र मोट्रेक्सबीच सन् २०१९ मा परियोजना लगानी सम्झौता (पीआईए) मा हस्ताक्षर समेत भैसकेको थियो।

मोट्रेक्सले अन्त:शुल्क र भन्सारमा छुट मागेकोमा कुरा नमिलेपछि दुई वर्षअघि उक्त कम्पनी नेपालबाट फिर्ता गयो।

मोट्रेक्स फिर्ता गएको दुई वर्षपछि नेपालमै गाडी उत्पादनदेखि मर्मत सुविधासहितको सेवा दिन एक विदेशी कम्पनीले प्रस्ताव गरेको छ। हङकङको ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड अटो सर्भिस ईको–इन्डस्ट्रियल पार्क परियोजना बनाउन प्रस्ताव गरेको हो। प्रस्तावित परियोजनालाई १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

यही मंसिर ३ मा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको लगानी बोर्डको ६७ औँ बैठकले हङकङको ब्लेजपिक ग्लोबल ग्रुपसँग समझदारीपत्र (एमओयू) गर्न बोर्ड व्यवस्थापनलाई अनुमति दिएको छ। बैठकले ब्लेजपिक ग्लोबललाई आह्वान नगरिएको प्रस्तावका रूपमा पेस भएको अटो सर्भिस ईको–इन्डस्ट्रियल पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।

लगानी बोर्ड र ब्लेजपिक ग्लोबलसँग अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना अघि बढाउन एमओयू हुन लागेको छ। ब्लेजपिक सम्पर्कमा रहेकाले छिट्टै एमओयू हुने लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले बताए।

कम्पनीले गाडी उत्पादनका साथै मर्मत सेवा एकैछिनमा दिने उद्देश्यले नेपालमा अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना अघि बढाउन लागेको उनले जानकारी दिए। कस्तो सेवा दिने भन्ने कुरा प्रारम्भिक अवस्थामा रहेकाले सम्भाव्यता अध्ययन गरेर रिपोर्ट बुझाएपछि मात्र स्पष्ट हुने उनको भनाइ छ।

एमओयू गरेर सर्वे लाइसेन्स पाएपछि उसले संभाव्यता अध्ययन गर्नेछ। सम्भाव्य देखिए मात्र काम अघि बढ्नेछ। पार्कका लागि कम्पनीले ठाउँ प्रस्ताव गरेको छैन। फास्ट ट्रयाक वरिपरी हुन सक्ने संभावना रहेको अधिकारीले बताए।

करमा कुरा नमिल्दा कोरियाली कम्पनी फिर्ता

८ वर्षअघि कोरियन कम्पनी मोट्रेक्सले नेपालमै गाडी एसेम्बल गर्न लगानी बोर्डमा प्रस्ताव गरेको थियो। सोहीअनुसार सन् २०१९ डिसेम्बर ११ मा लगानी बोर्ड नेपालसँग परियोजना लगानी सम्झौता (पीआईए) भएको थियो। उक्त कम्पनीले १० अर्ब ५४ करोड रूपैयाँ लगानी गर्ने, सुरुमा सन् २०३० सम्ममा पहिलो चरणमा हुन्डाई र कियाका बिजुली गाडी उत्पादन गर्ने, पछि क्रमश: बिजुली गाडी उत्पादन गर्नेलगायतको प्रस्ताव गरेको थियो।

उक्त कम्पनीलाई बुटवलको मोतिपुर औद्योगिक क्षेत्रभित्र एक सय रोपनी जग्गा भाडामा दिने विषय पनि लगभग टुंगिसकेको थियो। तर कर छुटमा भने सहमति जुट्न सकेको थिएन। कम्पनीले भन्सार महसुलमा ७० प्रतिशत र अन्तःशुल्कमा ८० प्रतिशत छुट मागेको थियो। उक्त विषयमा पटक पटक लगानी बोर्ड, अर्थ मन्त्रालयलगायत निकायबीच छलफल भएको थियो। दुवै पक्षले लामो समयदेखि आ–आफ्नो अडान नछाडेपछि अन्तत: मोट्रेक्सले बाहिरिने निर्णय गरेको थियो।

प्रकाशित: २०८२ मङ्सिर १० गते बुधबार ०२:१९
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना