२०८३ कार्तिक १६ गते आईतबार

ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ११
sun

रामेछाप: सुनकोसी मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का सम्झौता तोडेपछि निर्माण कम्पनीले आफ्ना सामग्री उठाउन लागेको छ। आयोजनाको बाँध, विद्युत् गृहलगायतका संरचना निर्माणका लागि भारतको पटेल–रमण निर्माण सेवाले जिम्मा लिएको थियो। सो कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि काम नगरेपछि सरकारले ठेक्का सम्झौता तोडेको हो। डाइभर्सनको सुरुङ निर्माणको चिनियाँ कम्पनीले ठेक्का लिएको काम एक वर्ष अगाडि नै सम्पन्न भइसकेको छ।

सम्झौता भएको ठेक्का तोडेपछि सुनकोसी मरिण जलविद्युत आयोजनाको बाँध निर्माणस्थलबाट सो कम्पनीले निर्माण सामग्री र साइटमा रहेका उपकरणहरू उठाएको हो। ठेक्का तोडेको जानकारी पाएपछि पटेल रमण जेभीले सेलेघाटको सिल्लीबजारको साइटबाट निर्माण सामग्रीहरू धमाधम उठाइरहेको छ। ढुवानीका साधन, उपकरण र निर्माण सामाग्रीहरू अधिकांश उठाइसकेको उक्त जेभीले बाँकी सामाग्रीहरू पनि उठाउने तयारी गरेको छ।

आयोजनाले निर्माण स्थलबाट निर्माण सामग्री उठाउन दिएको समय सीमा भित्रै सो जेभीले सामाग्रीहरूको अन्यत्र व्यवस्थापन गरेको हो। साइट कार्यालय र आवास गृह भने आयोजनाको रहेकोले भत्काइएको छैन्। सुनकोसी मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँध, विद्युत् गृहलगायतका संरचनाका लागि ठेक्का भएको उक्त जेभीले ठेक्का अवधिको समय सकिँदा निर्माण कार्य भने झण्डै ११ प्रतिशत मात्र गरेको कारण आयोजनाले उक्त जेभीसँगको सम्झौता तोडेको हो।

कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै त्यसअघि पटक पटक निर्माण कार्यलाई तीव्रता दिन दिइएको सुझाव जेभीले अटेर गरेपछि ठेक्का तोड्नु परेको आयोजनाको दाबी छ।

प्रकाशित: २०८२ मङ्सिर ११ गते बिहिबार ०३:४७
प्रतिक्रिया

थप समाचार

‘भारतीय र चिनीयाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना