२०८३ कार्तिक १६ गते आईतबार

कमला नगरपालिका नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध आरोपपत्र दायर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ११
akhtiyar

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जना विरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणमा ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा उनीहरूमाथि आरोपत्र दायर गरिएको हो।

आर्थिक वर्ष २०७६/०७७ का लागि स्वीकृत करसहित ७५ लाख रुपैयाँ लागत अनुमान भएको योजनामा बोलपत्र प्रक्रियामा सबैभन्दा कम कबोल ४२ लाख ७४ हजार ५५१ दशमलव ७१ गर्ने सेट स्क्वायर कन्सट्रक्सन प्रालिसँग सम्झौता नगरी दोस्रो घटी कबोल ७२ लाख २१ हजार ७३० दशमलव ७० गर्ने इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालिलाई गैरकानुनी रूपमा ठेक्का दिएको आयोगको ठहर छ।

आयोगको अनुसन्धानमा नगरपालिकाका पदाधिकारीहरूले सेट स्क्वायर कन्सट्रक्सनले पेस गरेका कागजात तथा बैंक जमानत बदनियतपूर्वक लुकाइ नष्ट गराई सम्झौता नदिन निर्णय गराएको र उल्टै उक्त फर्मको विड बोण्ड जफत गरी दोस्रो प्रस्ताव दातासँग सम्झौता प्रक्रियामा अघि बढाएको पाइएको छ।

विसं २०७७ जेठ २१ गते इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालिसँग ७२ लाख १८ हजार ६८० को दरले सम्झौता गरी भुक्तानीसमेत दिइएको र यसरी गरिएको ठेक्का हेरफेरबाट २९ लाख ४४ हजार १३७ दशमलव २९ बराबरको सरकारी धन हिनामिना भएको आयोगले निष्कर्ष निकालेको छ।

आरोपपत्रमा गोइतसहित कार्यपालिका सदस्य धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन, निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जिवकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव तथा ठेक्का पाउने कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवसमेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागसहित प्रतिवादी बनाइएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए।

प्रकाशित: २०८२ मङ्सिर ११ गते बिहिबार ०८:१९
प्रतिक्रिया

थप समाचार

‘भारतीय र चिनीयाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना