२०८३ कार्तिक १२ गते बुधबार

स्वास्थ्यखबर हेल्थ अवार्डको ११औँ संस्करण भदौमा, दिगो विकासका लक्ष्य प्राप्तिमा केन्द्रित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २५
Award Logo Nepali

काठमाडौँ- स्वास्थ्यखबर हेल्थ अवार्डको एघारौं संस्करण ‘दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहने भएको छ।

भदौ तेस्रो साता हुने हेल्थ अवार्डमार्फत नेपालले दिगो विकासका लक्ष्यहरुको सन्दर्भमा विश्व समुदायसँग गरेको प्रतिबद्धता प्राप्तिका लागि भविष्यका कार्यक्रमहरुमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन सरोकारवालालाई पुनःस्मरण गराउने आशा आयोजकले राखेको छ।

‘यस वर्षको अवार्डको मूल विषय दिगो विकासका लक्ष्यहरु प्राप्तिमा मिडियासहित सबै क्षेत्रको सहभागिता चाहिन्छ भन्ने तथ्यको गहिरो बोध पनि हो,’ स्वास्थ्य खबरपत्रिकाका प्रकाशक अनिल न्यौपानेले भने। दिगो विकास लक्ष्यहरु सन् २०१५ मा संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रबाट अनुमोदन भई सन् २०३० सम्ममा हासिल गर्ने गरी विश्वव्यापी रुपमा जारी गरिएको थियो।

‘हामी सबैलाई अवगत भएकै तथ्य हो, प्रभावकारी स्वास्थ्य प्रवद्र्धनबिना दिगो विकासका लक्ष्यहरु प्राप्त हुन सक्दैनन्,’ उनले भने, ‘यो सन्दर्भमा स्वास्थ्य क्षेत्र सुधार र विभेदरहित स्वास्थ्य प्रवर्द्धनमा राष्ट्रिय तहका सरोकारवालाहरुको ऐक्यबद्धता र प्रतिबद्धताबिना दिगो विकासको लक्ष्यको मूल मर्म बोध गर्न कठिन छ।’

यो अवार्डमार्फत आफूले नीतिगत तहमा काम गर्ने र स्वास्थ्य सेवा प्रवाहको दौरानमा अग्र भागमा रहेका काम गर्ने सबैले नेपाली जनताको स्वास्थ्य र आरोग्यतामा पुर्या‍एको विशिष्ट सेवाको पहिचान र सम्मान गर्न चाहेको पनि न्यौपानेले बताए।

दिगो विकासका लक्ष्यहरुको तेस्रो बुँदामा स्वस्थ जीवन र सबैको आरोग्यता प्रवर्द्धनको विषय समेटिएको छ। यस लक्ष्यमा मातृ स्वास्थ्य, नवजात शिशु, किशोर–किशोरी स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरु, सर्वव्यापी स्वास्थ्य पहुँच र गुणस्तर तथा सुलभ स्वास्थ्यमा सबैको पहुँच लगायतका महत्वपूर्ण विषयहरु समेटिएका छन्।

‘दिगो विकासका लक्ष्यहरुमा समेटिएको स्वास्थ्य क्षेत्रको गन्तव्य तथा सूचकहरु कार्यान्वयनमा आएको खण्डमा नेपालका लाखौं व्यक्ति लाभान्वित हुनेछन्,’ न्यौपानेले भने, ‘त्यसैले अब हामीले ढिलाइ नगरी यी लक्ष्यहरुको कार्यान्वयनमा सबै क्षेत्रबाट योगदान गर्नुपर्ने समय आएको छ।’

स्वास्थ्यखबर हेल्थ अवार्ड स्वास्थ्य सेवामा विशिष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मानस्वरुप वार्षिक रुपमा प्रदान गरिँदै आएको छ। अवार्डको लागि नामावली संकलन, छनोट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित निर्णायक समितिमार्फत गरिन्छ। यस अवार्ड नेपालका सरकारी तथा सामुदायिक संस्थाहरुमार्फत वा स्वयंसेवी रुपमा सेवा पुर्‍याउनेहरुलाई दिइन्छ। नाफामूलक संस्थाहरुलाई अवार्डको दायरामा समेटिएको छैन।

‘अवार्डमार्फत नेपालमा स्वास्थ्य सेवामा सेवा प्रवाह गरिरहनुभएका स्वाथ्यकर्मी तथा नीति–निर्माताहरुलाई थप प्रोत्साहित गर्ने कार्यमा नेपाल सरकार, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरु तथा अन्तर्राष्ट्रिय समुदायको समेत साथ र स्वामित्व रहनेछ भन्ने विश्वास लिएको छु,’ अनिल न्यौपाने भने।

प्रकाशित: २०८० जेठ २५ गते बिहिबार ०७:४७
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना