२०८३ कार्तिक १६ गते आईतबार

बनेपाबाट सिधै हेटौँडा बस सञ्चालन, आवागमनमा सहजता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १४
Banepa-Hetauda Bus_Kavre

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक नगर बनेपाबाट बागमती प्रदेशको राजधानी हेटौँडासम्म बस सेवा सञ्चालन गरेपछि यात्रुलाई सहजता भएको छ। योसँगै बनेपाबाट हेटौँडासम्म जानका लागि विभिन्न मार्ग हुँदै घुमाउँरो सडकबाट जानुपर्ने बाध्यतासमेत हटेको छ।

जिल्लावासीको मागलाई ध्यानमा राखी काभ्रेको पुन्यवती यातायात प्रालि पनौतीले यही मङ्सिर १ गतेदेखि बस सेवा सञ्चालन गरेको हो। बनेपा–हेटौँडा ११० किलोमिटर लम्बाइको दूरीमा अधिकांश सडक कच्ची छन्। यो सेवा प्रभावकारी देखिएपछि बस थप्ने योजना बनाइएको प्रालिले जनाएको छ।

स्थानीयवासीको माग र वडा कार्यालयको सिफारिसपछि सञ्चालनमा आएको उक्त क्यूबसले बनेपाबाट पनौती हुँदै धुङ्खर्क, च्याम्य्राङबेँसी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौँडासम्म नियमित सेवा दिँदै आएको बेथानचोक गाउँपालिका–१ का वडाध्यक्ष मधुसुधन तिमल्सिना जानकारी दिए।

उक्त यातायातलाई पत्र पठाएर बस सञ्चालनका लागि सहयोग गर्न अनुरोध गरेपछि बनेपा–हेटौँडा सेवा सञ्चालनमा ल्याइएको हो। प्रालिले सेवाको आवश्यकता र प्रभावकारिता हेर्दै आगामी पुसदेखि बस थप्ने योजना बनाएको छ।

वडाध्यक्ष तिमल्सिनाका अनुसार बागमती प्रदेशअन्तर्गतको चितवनस्थित नारायणी यातायात सेवाले समेत बनेपा–हेटौँडा खण्डमा थप बस सेवा सञ्चालन गर्न प्रक्रिया थालेको छ। जिल्लाका जनप्रतिनिधिले सम्बन्धित निकायलाई उक्त खण्डमा अनुमति दिनेलगायत आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गर्दै आएका छन्।

यसैबीच, बस सेवा सञ्चालन गरेसँगै प्रदेश राजधानीमा कार्यालय, व्यापारिक तथा व्यक्तिगत कामका लागि यात्रा गर्न सहज भएको स्थानीय बताउँछन्। च्याम्राङबेँसीलाई केन्द्र मानेर सञ्चालनमा आएको यो बस सेवाले काभ्रेपलाञ्चोक र हेटौंँडाबीचको आवतजावत सहज बनाएको च्याम्य्राङ्बेँसीका सन्तोष दाहालले बताए।

 

प्रकाशित: २०८२ मङ्सिर १४ गते आईतबार ०५:१५
प्रतिक्रिया

थप समाचार

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना