काठमाडौँ: आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रूपैयाँले बढेको हो। मंगलबार २ लाख ५३ हजार ३ सय रूपैयाँमा कारोवार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रूपैयाँमा कारोवार भैइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। मंगबार ३५ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आज ११० रूपैयाँले बढेर ३६ सय ५५ रूपैयाँमा कारोवार भैइरहेको छ।


