काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारी भण्डारीलाई नियन्त्रणमा लिएको छ।
त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजनासहित भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याडमा निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा उनीहरूलाई अख्तियारले नियन्त्रणमा लिएको हो।
अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको अख्तियारका एक अधिकृतले बताए। उनीहरूविरुद्ध आजै अभियोगपत्र दायर गर्ने अख्तियारको तयारी छ।


