२०८३ कार्तिक १२ गते बुधबार

पोखरा विमानस्थल भ्रष्टाचार: तत्कालिन ५ मन्त्रीसहित को–कोविरुद्ध मुद्दा चल्यो?(सूचीसहित)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २१
Pokhara International Airport_DSC00609

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो आर्थिक हिनामिना गरेको तथा गुणस्तरहीन काम गरेको भन्दै तत्कालिन ५ मन्त्री र १० सचिवसहित ५५ जना तथा सीएमएसी इन्जिनियरिङ कम्पनीसमेतविरुद्ध ८ अर्ब ३६ करोड रुपैयाँको मुद्दा दायर गरेको छ।

अख्तियारले तत्कालिन मन्त्रीहरू पोष्ट बाहदुर बोगटी (स्वर्गीय), राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपकचन्द्र अमात्य, अर्थ मन्त्री राम शरण महतसमेत विरुद्ध मुद्दा दायर गरेको हो।

यस्तै नेपाल नागरिक उड्ड्यन प्राधिकरणका तत्कालिन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन र प्रदीप अधिकारी समेतलाई अख्तियारले प्रतिवादी बनाएको छ। यस्तै सुशिल घिमिरे, सुरेशमान श्रेष्ठ, सुमन प्रसाद शर्मा र भेषराज शर्मा तथा सहसचिवहरू रञ्जन कृष्ण अर्याल,  मोहनकृष्ण सापकोटा, लोक बहादुर खत्री, सुरेश आचार्य, मधुकुमार मरासिनी,  मुक्तिनारायण पौडेल र सूर्य प्रसाद आचार्यलाई पनि प्रतिवादी बनाइएको छ।

यी हुन् प्रतिवादी बनाइएकाहरू
तत्कालीन मन्त्रीहरू
१. स्व. पोष्ट बहादुर बोगटी (तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री/ निजको मृत्यु भइसकेकोले बिगो असुल उपर गर्नको लागि निजको हकवाला श्रीमती राममाया बोगटी लाई प्रतिवादी बनाइएको।)
२. रामकुमार श्रेष्ठ (तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री)
३. भीम प्रसाद आचार्य (तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री)
४. दिपक चन्द्र अमात्य (तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री)
५. डा. रामशरण महत (तत्कालीन अर्थ मन्त्री)

तत्कालीन सचिवहरू
६. सुशिल घिमिरे (तत्कालीन सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालय)
७. सुरेशमान श्रेष्ठ (तत्कालीन सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालय)
८. सुमन प्रसाद शर्मा (तत्कालीन सचिव, अर्थ मन्त्रालय)
९. भेषराज शर्मा (तत्कालीन सचिव, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय)

तत्कालीन सह-सचिवहरू
१०. रञ्जन कृष्ण अर्याल (तत्कालीन सह-सचिव, पर्यटन मन्त्रालय)
११. मोहनकृष्ण सापकोटा (तत्कालीन सह-सचिव, पर्यटन मन्त्रालय)
१२. लोक बहादुर खत्री (तत्कालीन सह-सचिव, पर्यटन मन्त्रालय / क्यान सञ्चालक समिति सदस्य)
१३. सुरेश आचार्य (तत्कालीन सह-सचिव, पर्यटन मन्त्रालय / क्यान सञ्चालक समिति सदस्य)
१४. मधुकुमार मरासिनी (तत्कालीन सह-सचिव, अर्थ मन्त्रालय)
१५. मुक्तिनारायण पौडेल (तत्कालीन महानिर्देशक, भन्सार विभाग / क्यान सञ्चालक समिति सदस्य – सहसचिव स्तर)
१६. सूर्य प्रसाद आचार्य (तत्कालीन महानिर्देशक, भन्सार विभाग / क्यान सञ्चालक समिति सदस्य – सहसचिव स्तर)

नागरिक उड्ड्यन प्राधिकरणका पदाधिकारी र कर्मचारीहरू
१७. त्रिरत्न मानन्धर (तत्कालीन महानिर्देशक)
१८. रतीश चन्द्रलाल सुमन (तत्कालीन महानिर्देशक)
१९. प्रदीप अधिकारी (तत्कालीन उपप्रबन्धक, हाल महानिर्देशक)
२०. सुमन कुमार श्रेष्ठ (तत्कालीन उप-महानिर्देशक)
२१. रोशन चित्रकार (तत्कालीन उप-महानिर्देशक)
२२. ऋषिकेश शर्मा (तत्कालीन उप-महानिर्देशक)
२३. बाबुराम पौडेल (तत्कालीन निर्देशक)
२४. प्रताप बावु तिवारी (तत्कालीन निर्देशक)
२५. मुकुन्द प्रसाद भण्डारी (तत्कालीन निर्देशक)
२६. विनोदानन्द चौधरी (सेवा निवृत्त निर्देशक / परामर्शदाता)
२७. नारायण गिरी (तत्कालीन उपनिर्देशक)
२८. महेश कुमार बस्नेत (तत्कालीन उपनिर्देशक)
२९. अशोक कुमार सुवेदी (तत्कालीन उपनिर्देशक)
३०. सुवर्ण राज उपाध्याय (तत्कालीन उपनिर्देशक)
३१. हंसराज पाण्डेय (तत्कालीन उपनिर्देशक)
३२. डा. पुण्यराज शाक्य (तत्कालीन उपनिर्देशक)
३३. स्व. ध्रुवदास भोछिभोया (तत्कालीन उपनिर्देशक – हकवाला श्रीमती यमुना देवी श्रेष्ठ प्रतिवादी)
३४. मुरारी भण्डारी (तत्कालीन प्रवन्धक)
३५. रुद्र प्रसाद फुयाल (तत्कालीन प्रबन्धक)
३६. राम चन्द्र सुवेदी (तत्कालीन प्रबन्धक)
३७. गंगा सागर मान श्रेष्ठ (तत्कालीन प्रबन्धक)
३८. कुल प्रसाद सिंखडा (तत्कालीन प्रबन्धक)
३९. द्वारिका प्रसाद भट्टराई (तत्कालीन बरिष्ठ कानुन अधिकृत)

नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समितिका अन्य सदस्यहरू
४०. मनरुप शाही
४१. ज्योति अधिकारी
४२. मनोज कार्की
४३. फुर्वा छिरिङ शेर्पा
४४. मदन खरेल

परामर्शदाता तथा विज्ञ समूह
४५. डा. रामकृष्ण तिमिल्सिना (पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत / परामर्शदाता संयोजक)
४६. डा. पुरुषोत्तम डंगोल (एयरपोर्ट इन्जिनियर / परामर्शदाता)
४७. प्रा.डा. रबिन्द्रनाथ श्रेष्ठ (तत्कालीन प्राध्यापक, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक)
४८. सूर्य ज्ञवाली (तत्कालीन उप-प्राध्यापक, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक)
४९. सन्तोष कुमार श्रेष्ठ (तत्कालीन उप-प्राध्यापक, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक)

मन्त्रालयका अन्य कर्मचारीहरू (उप-सचिव र अधिकृत)
५०. हरि बहादुर खड्का (तत्कालीन उप-सचिव, पर्यटन मन्त्रालय)
५१. लाल बहादुर खत्री (तत्कालीन उपसचिव, अर्थ मन्त्रालय)
५२. प्रेम नाथ उपाध्याय (तत्कालीन उपसचिव, अर्थ मन्त्रालय)
५३. कमल कुमार भट्टराई (तत्कालीन शाखा अधिकृत, अर्थ मन्त्रालय)

निर्माण व्यवसायी
५४. वाङ बो (अध्यक्ष, चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी)
५५. लिउ सेङचेङ (क्षेत्रिय महाप्रवन्धक, चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी)

निर्माण कम्पनी
५६. चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी

प्रकाशित: २०८२ मङ्सिर २१ गते आईतबार ०५:२७
प्रतिक्रिया

थप समाचार

गोलबजारका पूर्वमेयर तेलीसहित ७ जनाविरुद्ध १ करोड ६० लाखको मुद्दा

काठमाडौँ: सिरहाको गोलबजार नगरपालिका पूर्वमेयर देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा तेलीसहित तत्कालीन उपप्रमुख...

किन पक्राउ परे लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट ?

काठमाडौँ: लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार साँझ उनलाई प्रहरीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। उच्च तहको ‘सेटिङ’ (फिक्सिङ)...

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...

सर्वोच्चले धरौटीमा छाडेका शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई थुनामा पठाउन विशेषको आदेश

काठमाडौँ: विशेष अदालतले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई थुनामा पठाउन आदेश गरेकाे छ। न्यायाधीशत्रय वाशुदेव  आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई थुनामा पठाउन आदेश...

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ

काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। उनलाई राती ३ बजे पक्राउ गरेर ल्याइएको जानकारी प्रहरी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना