काठमाडौं। पर्यटकीय नगरी पहाडकी रानीु तनहुँको बन्दीपुर गाउँपालिका– ४, बरालथोकस्थित बन्दीपुर केवलकार स्टेसनबाट देखिएको तनहुँको डुम्रे भन्सार र गोरखाको पालुङटारसहित मर्स्याङ्दी नदी आसपासका क्षेत्रसहित पृष्ठभूमिमा मनास्लु र हिमालचुली हिमाल।
साढे तीन अर्ब रुपैयाँमा पाँचतारे होटलसहित केबलकार पूर्वाधार सञ्चालनमा आएको छ। केबलकारले साधारण सेयर(आईपीओ) पनि जारी गरिसकेको छ।


