काठमाडौं। विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका निवर्तमान सभापति चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगरप्रमुख चालिसेले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक रुपमा सम्पत्ति जोडेको भन्दै तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर भएको हो।
काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचित भई संघीय संसद्को अर्थ समितिका सभापतिसमेत रहेका चालिसेले गोकर्णेश्वर नगरपालिकाको प्रमुख छँदा (२०७४ जेठ ८ देखि २०७९ असार ३२ सम्म) को अवधिलाई आधार मानेर सम्पत्ति छानबिन गरिएको अख्तियारले जनाएको छ।
यस्तो छ आरोपपत्र
गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौंका तत्कालीन नगर प्रमुख (मेयर) सन्तोष चालिसेले नगर प्रमुखको रुपमा कार्यरत रहुँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज प्रतिवादी सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी काठमाडौंबाट नगर प्रमुख (मेयर) पदमा निर्वाचित भई सार्वजनिक पदमा प्रवेश गरेको मिति 2074।०२।०८ गतेदेखि मेयर पदको पाँच वर्षको कार्यकाल समाप्त भएको वर्षको असार मसान्त अर्थात मिति 2079।०३।३२ गतेसम्मको अवधिलार्इ जाँच अवधि कायम गरी निज र निजको एकाघर परिवार/सगोलमा रहेको व्यक्तिहरुले उपरोक्त अवधिमा बिभिन्न आयका श्रोतहरुबाट कानूनीरुपमा (Lawfully obtained) आर्जन गरेका आयहरुलाई आयका रुपमा र सोही अवधिमा निजहरुले बिभिन्न शीर्षकहरुमा गरेको प्रमाणित (Verified) खर्चहरुलाई व्ययका रुपमा गणना गरी विश्लेषण गर्दा आयतर्फ सार्वजनिक सेवामा प्रवेश गर्नुपूर्वको खुद बैंक मौज्दात रू.१८,४०,527।२४, सन्तोष चालिसेको पारिश्रमिक बचत रकम रू.15,49,636।20, भत्ता आयको रकम रू.6,40,033।33 छोरा सागर चालिसे र सन्जीव चालिसेको निश्चल मेडिसिन सेन्टर एण्ड फार्मेसीको पारिश्रमिक वचत आय रकम रू.३३,५१,002।२२, छोरा सागर चालिसेको इन्जिनियरिङ्ग एण्ड एजुकेशन जोन प्रा.लि.को पारिश्रमिक बचत आय जम्मा रू.८,५६,८००।-, बुहारी प्रमिला पोखरेलको पारिश्रमिक वचत आय रकम रू.14,40,098।25, निजकै बोनस आय रकम रू.2,95,211।96, बैंकबाट लिएको कर्जा आय रू.१४,21,०००।-, सहकारी संस्थाबाट लिएको कर्जा आय रू.२,08,49,०००।-, चिरायु फर्मास्युटिकल्स प्रा.लि.स्वेच्छिक खारेजी हुँदा प्राप्त आय रू.३३,०७,000।-, शेयर बिक्री आय रू.३६,७२,705।५२, बैंक ब्याज आय रू.7,01,037।93, कृषि आय रू.1,50,793।48, जग्गा बिक्री आय रू.८२,६०,९८७।४९ र इन्स्योरेन्स कम्पनीबाट लिएको कर्जा रू.५,००,०००।- समेत गरी जम्मा रू.४,8८,35,833।62 (चार करोड अठासी लाख पैतीस हजार आठ सय तेत्तीस रूपैयाँ बैसठ्ठी पैसा मात्र) निजहरूको वैधानिक आय आर्जनका स्रोतहरू मार्फत आर्जन गरेको देखिएको।
त्यसैगरी, सोही जाँच अवधिमा प्रतिवादी सन्तोष चालिसेको व्ययतर्फ घर निर्माण एवम् सोही घरमा आन्तरिक सजावट फर्निचरमा रू.७०,०३,837।२८, घर निर्माण नक्सापास दस्तुरमा रू.२६,083।२०, उग्रतारा स्याण्ड एण्ड फुटवल रिक्रियसन सेन्टर निर्माण खर्चमा रू.८,४०,०००।- उग्रतारा स्याण्ड एण्ड फुवल रिक्रियसन सेन्टर सञ्चालनार्थ बहाल खर्चमा रू.15,700।-, बैंकबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा रू.6,70,087।10, बीमा प्रिमियम भुक्तानीमा रू.31,42,093।-, कम्पनी लगानीमा रू.४१,९१,600।-, शिवम बचत तथा ऋण सहकारी संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा रू.2,18,70,69५।-, शेयर खरिदमा रू.91,19,840।-, कर्जा लिंदा तिरेको सेवाशुल्कमा रू.1,45,995।-, सहकारीबाट लिएको कर्जा नवीकरणमा रू.1,23,410।-, जग्गा खरिद (रजिष्ट्रेशन दस्तुर) सहितमा रू.२,८९,64,910।९९, जग्गा बिक्री लाभकरमा रू.१,०५,500।-, व्यवसाय करमा रू.२,३६०।-, सवारी करमा रू.1,41,650।-, सवारी कर्जाको साँवा र ब्याज भुक्तानीमा रू.37,83,262।66, इन्स्योरेन्स कम्पनीबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा रू.५,८०,753।- र जाँच अवधिसम्ममा रहेको अन्तिम मौज्दात व्यय रू.49,55,818।10 समेत गरी जाँच अवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निजले जम्मा समेत गरी जम्मा रू.८,56,83,595।33 (आठ करोड छपन्न लाख त्रियासी हजार पाँच सय पन्चानब्बे रूपैयाँ तेत्तीस पैसा मात्र) बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिंदा कुल/समग्र आय रू.४,8८,35,833।62 बाट सोही अवधिको कुल/समग्र खर्च तथा लगानी (कुल व्यय) रू.८,56,83,595।33 घटाउँदा कुल आय भन्दा कुल व्यय रू.३,68,47,761।71 (तीन करोड अठसठ्ठी लाख सत्चालीस हजार सातसय एकसठ्ठी रूपैयाँ एकहत्तर पैसा) बराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि नभएको देखिएकोबाट प्रतिवादी सन्तोष चालिसेले उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको तथ्य निज प्रतिवादीले प्रचलित कानूनबमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वभाविक देखिन आएबाट पुष्टि भएको छ।यसैगरी निजले मनासिव कारण विना बैधानिक आयको तुलनामा अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको देखिएको। निज प्रतिवादी सन्तोष चालिसेको बयान पश्चात निवेदन साथ पेस गरेको तमसुक लिखत लगायतका कारोवार गरेको देखाउन बिभिन्न ऋण सापटी लिएको तथा आफ्नो एकासंगोल परिवार सदस्यहरुको खर्च लगानी अन्य ब्यक्तिहरुबाट भएको भनी भ्रम सिर्जना गर्न जाँच अवधि भित्र पारी पछीबाट लिखत कागजातहरु खडा गरेको प्रष्ट रुपमा देखिएको, वैधानिक आयभन्दा निजको अधिक देखिएको खर्च तथा लगानीका उल्लिखित सम्पत्तिका कारोवार विवरण अमिल्दो तथा अस्वाभाविक देखिइरहेको अवस्थामा के-कस्तो तवरले के-कसरी वैधानिक आर्जन गरेको हो भन्ने तथ्य निजले प्रमाणित गर्नुपर्नेमा अनुसन्धानको क्रममा पेस गरेका सबूद प्रमाण समेतबाट सम्पत्ति आर्जनको वैधानिक स्रोत पुष्टि गर्न नसकेको हुँदा निज प्रतिवादी सन्तोष चालिसेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवम् निषेधित गरिए बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा प्रतिवादी सन्तोष चालिसे र निजका परिवार श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सन्जिव चालिसे र बुहारी प्रमिला पोखरेल उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय
| सि.नं | नामथर, पद र कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
| 1. | गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौंका तत्कालीन नगर प्रमुख (मेयर) काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित विघटित प्रतिनिधि सभाका सदस्य एवं संघीय संसद अन्तर्गतको अर्थ समितिका तत्कालीन सभापति सन्तोष चालिसे। | रू.३,68,47,761।71 | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवम् निषेधित गरिए बमोजिमको कसूरमा बिगो रु. तीन करोड अठसठ्ठी लाख सत्चालीस हजार सातसय एकसठ्ठी रूपैयाँ एकहत्तर पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको बिगो अनुसार कैद र बिगो बमोजिम जरिवाना हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 20 को उपदफा (2), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गरी पाउन साथै निजले पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेको स्थापित भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन।
साथै, निज प्रतिवादी सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिका नगरकार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौंको नगर प्रमुख रहेको र निजले भ्रष्टाचार निवारण ऐन, 2059 को परिच्छेद-2 (भ्रष्टाचार कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 24 बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ। प्रतिवादी सन्तोष चालिसेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) बमोजिम सार्वजनिक पद धारणा गरे पश्चात आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको श्रोत वा निस्सा सहितको अद्यावधिक विवरण बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौडामा पेस गर्नुपर्नेमा निजले आर्थिक वर्ष 077/078 को सम्पत्ति विवरण फाराम पेस गरेको नदेखिएको हुँदा निज उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (३) बमोजिम जरिवाना असुल उपरको लागि गोकर्णेश्वर नगरपालिकालाई लेखी पठाउने। |
| 2. | सन्तोष चालिसेको श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सन्जिव चालिसे र बुहारी प्रमिला पोखरेल | – | प्रतिवादी सन्तोष चालिसेले सार्वजनिक सेवाको पदमा रहुँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट निजहरुको नाममा खरिद लगानी गरिएका सम्पत्तिहरु भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतको प्रचलित कानूनबमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरिएको। |


