काठमाडौं। एनएमबी बैंकले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ। बैंकले यहि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। बैंकले गत आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ।


