काठमाडौं– नेकपा एकिकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित भएका छन्। आइतबार बसेको पार्टीको सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो।
यसअघि महासचिव रहेका नेता वेदुराम भुसाललाई भने उपाध्यक्ष बनाइएको छ। गत मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले टिकट नदिएपछि भुसाल स्वतन्त्र उम्मेदवार बनेका थिए।
भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए। भुसाल पुस २९ गते नेकपा एस प्रवेश गरेका थिए।


