२०८३ कार्तिक १२ गते बुधबार

२८१ मेगावाट क्षमताका १४ आयोजना प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई दिने, विभागले माग्यो आशयपत्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १
urja Mantralaya

काठमाडौं। सरकारले बास्केटमा रहेका जलविद्युत आयोजनाहरु प्रतिस्पर्धामार्फत धमाधम निजी क्षेत्रलाई दिइरहेको छ।

पछिल्लो समय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बास्केटमा रहेका आयोजनाहरु अग्रिम बढी रकम प्रस्ताव (अपफ्रन्ट फि) मोडेलमा निजी क्षेत्रलाई बनाउन दिइरहेको छ।

मन्त्रालयले यही मोडेलमा २८१ मेगावाट क्षमता १४ आयोजना निर्माण गर्न निजी क्षेत्रलाई दिन लागेको हो।

मन्त्रालय मातहतको विद्युत विकास विभागले १४ आयोजना आफै निर्माण, सञ्चालन र हस्तान्तरण (बूट) मोडलमा अघि बढाउन स्वदेशी जलविद्युत लगानीकर्तासँग आशयपत्र (इओआई) मागेको छ। आशयपत्र पेश गर्ने अन्तिम मिति जनवरी १५ शुक्रबारलाई तोकेको छ।

अग्रिम शुल्क लिएर दुई जलविद्युत आयोजना दिने सरकारको तयारी, विभागले माग्यो प्रस्ताव

आशयपत्र मूल्यांकनमा प्रविधिक क्षमता ३०, वित्तीय क्षमता ४० र जलविद्युत आयोजना विकास अनुभवमा ३० प्रतिशत अंकभार राखिएको छ। आशयपत्रबाट छनौट भएका जलविद्युत कम्पनीहरु आयोजना लिनका लागि बोलपत्रमा भाग लिन पाउने छन्।

विभागले अपफ्रन्ट फिमार्फत निजी क्षेत्रलाई दिन लागेका जलविद्युत आयोजनाहरुमा ६१ मेगावाटको हुम्ला कर्णाली, २१.४ मेगावाटको इन्खुखोला, ५३.८५ मेगाटको अपर चमेलिया, ३३.३ मेगावाटको कवाडी खोला–१, ३० मेगावाटको कबाडी खोला, १५.५ मेगावाटको जुगडा बूढीगंगा र १५.२५ मेगावाटको जावा खोला रहेका छन्।

जलविद्युतमा प्रगतिः तीन महिनामा थपियो ३०९ मेगावाट

यस्तै १५.२ मेगावाटको म्याग्दी खोला, १०ं८५ मेगावाटको बूढीगंगा, ८.६२ मेगावाटको रुपागाड, ६ मेगावाटको लुंगरी खोला, ४.१ मेगावाटको बेनी खोला, ४ मेगावाटको न्याउरी खोला र २.५ मेगावाटको दोल्टी खोला आयोजना रहेको विभागले जनाएको छ।

प्रस्ताव गरिएका आयोजनाहरु अघि बढाउन विभागले यसअघि पनि प्रस्ताव मागेको थियो। प्रस्ताव नपरेपछि पुनः आब्हान गरेको हो।

गत भदौमा पनि विभागले विभागले २७.९ मेगावाटको मिडिल इन्खुवाखोला र १२.५ मेगावाटको मैवाखोला आयोजना प्रतिस्पर्धाबाट बिजुली उत्पादन गर्न निजी क्षेत्रलाई दिन प्रस्ताव मागेको थियो।

पछिल्लो समयमा विभागले अपफ्रन्ट फि विधिमार्फत झण्डै आठ सय मेगावाट क्षमताका ३४ जलविद्युत आयोजना प्रतिस्पर्धामार्फत निजी लगानीकर्तालाई दिन लागेको दिन लागेको छ।

यि मध्ये आधा दर्जन बढ जलविद्युत आयोजना अपफ्रन्ट फिमार्फत निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट दिएकोे थियो। ति आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ।

अहिले विभागले पनि बास्केटमा रहेका आयोेजनाहरुलाई यही विधि अपनाउँदै निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट दिने प्रक्रिया अघि बढाएको छ।

विभागले गत जेठ १७ गते अग्रिम शुल्क दिने मोडेलमा २३९ मेगावाट क्षमताका १४ आयोजना अघि बढाउन लगानीकर्तासँग आशयपत्र मागेको थियो।

हालसम्म मुलुकको विद्युत जडित क्षमता बढेर चार हजार मेगावाट पुगिसकेको छ। यो वर्ष ४८ सय मेगावाट पुर्याउने लक्ष्य सरकारको छ। चालू आर्थिक वर्ष सुरु भएयता ३०९ मेगावाट बिजली प्रणालीमा थप भइसकेको छ।

 

 

प्रकाशित: २०८२ पुस १ गते मङ्गलबार १०:२६
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना