२०८३ कार्तिक १२ गते बुधबार

अग्रिम शुल्क लिएर दुई जलविद्युत आयोजना दिने सरकारको तयारी, विभागले माग्यो प्रस्ताव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
doed

काठमाडौंः सरकारले दुई आयोजना प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई विद्युत उत्पादन गर्न दिन लागेको छ। विद्युत विकास विभागले २७.९ मेगावाटको मिडिल इन्खुवाखोला र १२.५ मेगावाटको मैवाखोला आयोजना प्रतिस्पर्धाबाट बिजुली उत्पादन गर्न निजी क्षेत्रलाई दिन लागेको हो।

मिडिल इन्खुवा खोला आयोजना बनाउन अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र पिपुल्स पावर कम्पनी लिमिटेड संक्षिप्त सूचिमा परेको विभागले जानकारी दिएका छन्। दुई कम्पनीहरुले जलविद्युत आयोजना निर्माण सकेर सञ्चालन गरिरहेका छन् । यस्तै मैवाखोला आयोजना बनाउन रिग्दे लाइन इनर्जी लिमिटेड सूचिमा परेको हो।

संक्षिप्त सूचीमा परेका कम्पनीहरुले आयोजना प्राप्त गर्न बोलपत्रमा भाग लिनुपर्ने छ। बोलपत्रमा भाग लिने तीन कम्पनीहरुले आर्थिक एवम् प्राविधिक प्रस्ताव असोज २६ गते दिनको १२ बजेसम्म छुट्टाछुट्टै पेश गर्नुपर्ने विभागले जनाएको छ । सोही दिनको १ बजे बोलपत्र खोलिने भएको छ।

विभागले प्राविधिक क्षमतामा ४५, आर्थिकमा ३५ र अनुभवलाई २० प्रतिशत अंकभार निर्धारण गरेको छ। प्राविधिक प्रस्तावमा ६० अंक पाउन बोलपत्रदाताहरु मध्ये सबैभन्दा बढी अग्रिम शुल्क (अपफ्रन्ट फि) कबोल गर्ने कम्पनीले प्रस्तावित आयोजना बनाउन पाउने विभागले जानकारी गराएको छ।

विभागले आयोजना आफै निर्माण, सञ्चालन र हस्तान्तरण (बूट मोडल) खाकाम निर्माण गर्न निजी क्षेत्रलाई दिने तयारी गरेको हो।
पछिल्लो समयमा विभागले अपफ्रन्ट फि विधिमार्फत ४९३ मेगावाट क्षमताका २० जलविद्युत आयोजना प्रतिस्पर्धामार्फत निजी लगानीकर्तालाई दिन लागेको छ।

यसअघि सरकारले आधा दर्जन जलविद्युत आयोजना अपफ्रन्ट फिमार्फत निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट दिएकोे थियो। ति आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ।

अहिले विभागले पनि बास्केटमा रहेका आयोेजनाहरुलाई यही विधि अपनाउँदै निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट दिने प्रक्रिया अघि बढाएको छ। विभागले गत जेठ १७ गते अग्रिम शुल्क दिने मोडेलमा २३९ मेगावाट क्षमताका १४ आयोजना अघि बढाउन लगानीकर्तासँग आशयपत्र मागेको थियो।

नेपाली जलविद्युत कम्पनीले संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा प्रस्तावित आयोजना बनाउन आशयपत्र मागेको थियो।

विभागले निजी क्षेत्रमार्फत अघि बढाउन लागेको आयोजनामा ५३.८५ मेगावाटको अपर चमेलिया, ३३.३ मेगावाटको कबाडीखोला–१, ३० मेगावाटको कवाडीखोला, २७.९ मेगावाटको मिडिल इन्खुवाखोला, १५.५ मेगावाटको जुगडा बुढीगंगा र १५.२५ मेगावाटको जावाखोला हुन्।

यस्तै १५.२ मेगावाटको म्याग्दी खोला, १२.५० को मैवा खोला, १०.८५ को बुढीगंगा, ८.६ मेगावाटको रुपागाड, ६ मेगावाटको लङगरी खोला, ४.१ मेगावाटको भेरीखोला, ४ मेगावाटको न्याउरीगाड र २.२ मेगावाटको डोटीगाड जलविद्युत् आयोजना बुट मोडेलमा अघि बढाउन लागेको हो।

गत असारको पहिलो साता विभागले अपफ्रन्ट फिलाई मोडेलमा २५४ मेगावाट क्षमता भएका तीन जलविद्युत आयोजना अघि बढाउन बोलपत्र आब्हान गरेको थियो।

यसैगरी विभागले बुट खाकामा १३६ मेगावाट क्षमताका तीन आयोजना बनाउन लागेको छ।

तीन जलविद्युत आयोजनामा सात लगानीकर्ताले बनाउन प्रस्ताव गरेका छन् । विभागले २१.४ मेगावाटको इन्खुखोला (सोलुखुम्बु), ६५ मेगावाटको अपर कालिगण्डकी (म्याग्दी) र ४९.५ मेगावाटको लोती कर्णाली अर्धजलासय आयोजना (हुम्ला) बुट मोडलमा बनाउन विभागले कम्पनीसँग आशयपत्र मागेको हो।

इन्खुखोलामा बेनी हाइड्रोेपावर प्रोजेक्ट्स लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड र स्नो रिभर लिमिटेडले आशयपत्र पेश गरेका छन् । तीन वटै कम्पनीले जलविद्युत आयोजना बनाइ हाल सञ्चालन गरिरहेका छन्।

यस्तै कालिगण्डकीमा साहस ऊर्जा लिमिटेडले अक्वापिक इनर्जीसँगको साझेदारी (जेभी) र निलगिरी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रस्ताव गरेका हुन् । सहास र निलगिरीले जलविद्युत आयोजना सञ्चालन गरिरहेका छन्।

लोती कर्णाली अर्धजलासय (पीआरओआर) मा अपी पावर कम्पनी लिमिटेड र भोटेकोसी पावर कम्पनीसँगको जेभीमा तारा इनर्जीले प्रस्ताव गरेका छन् । अपी र भोटेकोसी पावरले जलविद्युत आयोजना सञ्चालन गरिरहेका छन्।

प्रस्ताव पेश गर्ने अन्तिम दिन यही भदौै २४ गतेलाई तोकिएको विभागले जनाएको छ।

विभागले प्राविधिक क्षमता ४५, आर्थिक ३५ र अनुभवलाई २० अंक भार तोकेको छ। प्राविधिक प्रस्तावमा न्यूनतम ६० अंक प्राप्त गर्ने बोलपत्रदाताहरु मध्ये सबैभन्दा अपफ्रन्ट फि रकम प्रस्ताव गर्ने प्रस्तावकलाई छनौट गर्ने जानकारी विभागले दिएको छ।

विभागले ४७ मेगावाटको दूधकोसी–४, ३०.२ मेगावाटको लोअर होङगु र ४०.८ मेगावाटको संखुवाखोला बनाउन विभिन्न नौ विकासकर्ता कम्पनीलाई छनोट गरेको थियोे।

त्यसबेला ४७ मेगावाटको दूधकोसी आयोजना बनाउन भियोमा हाइड्रोपावर लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड जेभी, सुपर मादी हाइड्रोपावर लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेड संक्षिप्त सूचीमा परेका थिए।

३०.२ मेगावाटको लोअर होङगु आयोजना बनाउन तीन कम्पनी संक्षिप्त सूचीमा परेका छन। विभागका अनुसार स्वेतगंगा हाइड्रोपावर एन्ड कन्ष्ट्रक्सन लिमिटेड, रिभान्ता हाइड्रोपावर र माउन्टेन इनर्जी लिमिटेड जेभीका साथै सिंगटी हाइड्रो इनर्जी लिमिटेड छनोट भएका छन्।

४०.८ मेगावाटको संखुवाखोला–१ आयोजनामा नोबेल ग्रुप अफ हाइड्रो इनर्जी लिमिटेड र पिपुल्स हाइड्रोपावर लिमिटेड जेभी, लिवर्टी इनर्जी लिमिटेड र ग्लोबल हाइड्रोपावर एसोसियट लिमिटेड रहेको विभागले जनाएको छ।

 

प्रकाशित: २०८२ भदौ ११ गते बुधबार ०८:२८
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना