काठमाडौँ- पछिल्लो समय पृथ्वीको तापक्रम दिनका दिन बढेको बढ्यै छ। अघिल्ला वर्षको तुलनामा तापक्रम वृद्धि भएर आएको देखिएको छ। तराईका जिल्लामा यसको असर अझ बढी देखिएको छ।
प्रि-मनसुनको समयमा पानी पर्नुको साटो तापक्रममा झन् भन्दा झन् वृद्धि हुँदै आएको छ। पछिल्ला ३-४ वर्षको मौसमको गतिविधिमा पनि धेरै फेरबदल आएकोले पनि अहिलेको प्रि-मनसुन समयमा औसतभन्दा कम पानी पर्ने र पछिल्ला वर्षको गर्मी औसतभन्दा बढी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपालका अधिकांश जिल्लाका तापमानले इतिहासको रेकर्ड तोडेको छ। काठमाडौंमा ३२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। अहिले काठमाडौंमा गर्मिले दिउँसोको समय बिताउन गाह्रो पर्न थालेको छ।
नेपालमा सामान्यता जुन १३ तारिखमा पूर्वी नेपाल भएर मनसुन भित्रिने सरदर मिति रहे पनि यो पटक मनसुन ढिलो सुरु हुने भएको छ। पछिल्लो दिनयता आकाशखुला भई चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस भएको छ। गर्मी बढेकोले आवतजावत पातलिएको छ।
गर्मी छल्नका लागि विभिन्न उपाय पनि अपनाइरहेका छन्। बटुवाहरू छहारी खोज्छन्। चिसो पर्दाथको व्यापार ह्वात्तै बढेको छ। इन्द्रचोकलगायतका डेरी पसलहरूमा लस्सी, दहीमही र आइसक्रिमलगायतका चिसो पदार्थ खानेहरुको भिड छ।
गर्मी बढेसँगै प्रभावित जनजीवन हेरौँ तस्बिरमा:



















