२०८३ कार्तिक २४ गते सोमबार

एसएमई प्लेटफर्म सञ्चालन विनियमावली प्रक्रियामैः साना कम्पनीको आईपीओ रोकियो

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, पुस ३
sme

काठमाडौं। नेपालमा साना तथा मझौला उद्यमका सेयर कारोबारलाई व्यवस्थित तथा पारदर्शी बनाउन प्रस्ताव गरिएको स्मल एन्ड मिडियम इन्टरप्राइजेज (एसएमई) प्लेटफर्म कार्यान्वयनमा आउन सकेको छैन।

एक वर्षअघि नै यसको तयारी थालिए पनि आवश्यक विनियमावली प्रक्रियामै अल्झिएकाले प्लेटफर्म सञ्चालन अझै अनिश्चित बनेको हो। आर्थिक वर्ष २०८१/८२ को पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ बनाउने अधिकार नेपाल धितोपत्र बोर्डलाई दिइएको थियो।

सो निर्णयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पाँच सदस्यीय संरचना निर्माण उपसमिति गठन गर्दै विनियमावली निर्माणको प्रक्रिया अघि बढायो। समितिको संयोजकका रूपमा सञ्चालक समितिका सदस्य रोशनकुमार सिग्देलले जिम्मेवारी सम्हालेका थिए।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले केही महिनाअघि नै नेप्सेले एसएमई प्लेटफर्मसम्बन्धी विनियमावलीको मस्यौदा तयार गरिसकेको बताएका थिए। उनका अनुसार मस्यौदामा सञ्चालक समितिमा छलफल सम्पन्न भएपछि सेबोनमा पठाइने र त्यसपछिमात्र प्राविधिक तथा अन्य तयारी अघि बढ्ने थियो। तर, यस्तो भनेको तीन महिना बितिसक्दा सञ्चालक समितिले अझै निष्कर्ष टुंग्याउन सकेको छैन।

यस विषयमा नेप्सेसँग निकट स्रोतले बताए अनुसार सञ्चालक समितिमा मस्यौदामाथि तीन—चार पटक छलफल भए पनि निर्णय टुंगिएको छैन।

यसबाहेक नेप्से भित्रै पनि नेतृत्व परिवर्तनका कारण निर्णय प्रक्रिया सुस्त बनेको छ। तत्कालीन अध्यक्ष शोभाकान्त पौडेल सचिवमा बढुवा भएपछि पद रिक्त भयो र करिब केही महिनासम्म अध्यक्षविहीन अवस्थामा समिति अल्झिएको देखियो। अहिले हेमन्त बस्यालले अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका छन्।

तर, पनि विनियमावली पास गर्ने प्रक्रिया अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। यतिबेला नेप्से साधारणसभा तयारीमा व्यस्त भएकाले पुस महिनाभरी विनियमावली पारित हुने सम्भावना न्यून रहेको स्रोतले बताएको छ। “हाल नेप्से सञ्चालक समिति साधारणसभाको चटारोमा छ। पुस महिनाभरि त्यसमै व्यस्त हुन्छ। मलाई लाग्छ पुसभरी यो विषय सञ्चालक समितिबाट पास हुँदैन होला,” स्रोतले नेपाल क्लिक्सलाई भन्यो।

एसएमई प्लेटफर्म सञ्चालन विनियमावली प्रक्रियामै, ११ महिना बित्दा पनि कार्यान्वयनमा आउन सकेन

यसबीच बजारमा एसएमई प्लेटफर्म छुट्टै प्रणालीमार्फत सञ्चालन हुने चर्चा पनि उठेको थियो। तर, नेप्सेका प्रवक्ता पराजुलीले त्यो भ्रम रहेको स्पष्ट पार्दै एसएमई प्लेटफर्म नेप्सेकै विद्यमान कारोबार प्रणालीमै समावेश गरिने बताएका छन्। उनका अनुसार, नयाँ छुट्टै प्रणाली निर्माणका लागि हाल कुनै योजना छैन, जसले प्राविधिक तयारीलाई पनि सहज र छिटो बनाउन सहयोग पुर्याउनेछ।

विनियमावली लागू भएपछि २५ करोड रुपैयाँभन्दा कम चुक्ता पूँजी भएका कम्पनीहरूले सेयर बजारमा प्रवेश गर्न सक्नेछन्। धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार अब २५ करोड रुपैयाँभन्दा कम चुक्ता पूँजी भएका कम्पनीहरूले आईपीओ निष्कासनका लागि अनुमति लिँदा एसएमई प्लेटफर्मअन्तर्गत सूचीकरण गरिनेछ। यसअघि नै बजारमा सूचीबद्ध भइसकेका यस्ता कम्पनीलाई भने यसले प्रभाव नपर्ने स्पष्ट गरिएको छ।

हाल पाइपलाइनमा रहेका केही साना कम्पनीलाई भने विनियमावली ढिलाइका कारण अनिश्चितता झनै बढेको बताइन्छ।

नेप्सेका प्रवक्ता पराजुलीले एसएमई प्लेटफर्म सबै प्रकारका लगानीकर्ताका लागि उपयुक्त नहुन सक्ने बताएका छन्। उनका अनुसार एसएमई कम्पनीहरू साना तथा नयाँ उद्यम भएकाले तुलनात्मक रूपमा जोखिमयुक्त हुन्छन्, जसकारण जोखिम लिनसक्ने लगानीकर्ताले मात्र यस्ता सेयरमा लगानी गर्नु उपयुक्त हुन्छ।

उनले आम लगानीकर्ताले बजार बुझेर तथा जोखिम मूल्यांकन गरेरमात्र निर्णय गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। नयाँ नियमअनुसार एसएमई कम्पनीको आईपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम ५०० कित्ताका दरले आवेदन दिनुपर्नेछ र प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहनेछ।

यद्यपि निर्णय ढिलो भए पनि विनियमावली लागू भएपछि नेपालका साना तथा मझौला उद्यम र नवप्रवर्तन (स्टार्टअप) क्षेत्रका कम्पनीहरूले सेयर बजारमार्फत पूँजी जुटाउने अवसर प्राप्त गर्नेछ। यसले नयाँ उद्योग, प्रविधि, कृषि, सेवा तथा उत्पादन क्षेत्रमा उद्यमशीलता विस्तार र रोजगारी सिर्जना तथा आर्थिक गतिविधिमा नयाँ ऊर्जा भर्न सक्ने अपेक्षा गरिएको छ।

नेप्सेका प्रवक्ता पराजुलीका अनुसार नेप्सेले तयार पारेको मस्यौदा धितोपत्र बोर्डले जस्ताको तस्तै स्वीकृति गरेमा प्लेटफर्म छिट्टै सञ्चालनमा आउन सक्नेछ। तर सेबोनले केही संशोधन गर्न माग गरेमा कम्तीमा ३ देखि ४ महिना ढिलाइ हुनसक्ने सम्भावना रहेको छ। हालको अवस्था हेर्दा विनियमावली आगामी केही महिनासम्म पनि प्रक्रियामै रहने देखिन्छ।

नेपालको पूँजी बजार विस्तार र साना उद्यमलाई औपचारिक अर्थतन्त्रमा समावेश गर्ने महत्वपूर्ण माध्यम बन्न लागेको एसएमई प्लेटफर्म ढिलाइले हाल केही निराशा भए पनि लागू भएपछि दीर्घकालीन रूपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रकाशित: २०८२ पुस ३ गते बिहिबार ०६:१४
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना