काठमाडौं। पछिल्ला वर्ष होटलमा निजी लगानी बढ्दै गएको छ। प्रमुख सहर र पर्यटकीय गन्तव्यहरुमा अर्बौं रुपैयाँ लगानीमा तारे स्तरका होटलहरु निर्माण तथा सञ्चालन भइरहेका छन्।
यस्तै भैरहवाको ओमसतियामा साढे ७६ करोड रुपैयाँ लगानीमा सुनिभा इन बुटिक होटल एन्ड स्पा लक्जरी रिसोर्टको भौतिक पूर्वाधार निर्माण भइरहेको छ।
सुनिभा इनमा ७७ प्रतिशत बैंकको ऋण र बाँकी २३ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। होटलको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ।
होटल परियोजना निर्माणको उन्नत चरणमा छ। हालसम्म ९० प्रतिशत भौतिक र ८४ प्रतिशत वित्तीय प्रगति भएको सुनिमा इनले जानकारी दिएको छ।
बुटिक होटलमा ५२ कोठा हुनेछ। फूड एन्ड बेभेरेज, कन्फरेन्स हल, बैंक्वेट र स्पालगयात अन्य सुविधा उपलब्ध हुनेछ।
होटल गोल्डेन ट्यूलिप ब्राण्डमा सञ्चालन हुने भएको छ। गोल्डेन ट्यूलिप टुलिप ब्रान्डअन्तर्गत होटल सञ्चालन गर्न भारतमा रहेको सरोवर होटल्स प्राइभेट लिमिटेड जुन लुभ्र होटल्स समूहअन्तर्गतको एक प्रमुख होटल व्यवस्थापन कम्पनी हो।
फ्रान्समा मुख्यालय रहेको एक प्रमुख विश्वव्यापी आतिथ्य श्रृङखला लुभ्र होटल्स समूहले आफ्नो प्रतिष्ठित गोल्डेन ट्यूलिप ब्रान्डअन्तर्गत विलासी सम्पत्ति सञ्चालन गर्न सुनिभासँग साझेदारी गरेर नेपालमा आफ्नो पदचिह्न विस्तार गरेको छ।
गोल्डेन ट्यूलिप ब्रान्ड न्तर्गत सञ्चालन गरेर रिसोर्टले लुभ्र होटल्स समूहको विश्वव्यापी मापदण्ड र प्रतिष्ठाबाट लाभ उठाउने बताइएको छ।
यो होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अवस्थित छ। लुम्बिनी धार्मिक र ऐतिहासिक महत्व भगवान गौतम बुद्धको जन्मस्थल भएकोले भ्रमणको आवृत्तिको हिसाबले नेपालको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यहरू मध्ये एक हो। जहाँ हरेक वर्ष ठूलो संख्यामा पर्यटकहरू भ्रमण गर्छन्।
सिभानी इन बुटिक सन् २०२१ मा स्थापना भएको हो।
केटीएम हस्पिटालिटीले चितवनको सौरहामा सञ्चालन गरेको पाँचतारे होटल रोयल ट्यूलिप ब्राण्डमा सञ्चालन भइरहेको छ।


