२०८३ कार्तिक २४ गते सोमबार

दुई अर्ब लगानीमा झापामा कोल्ड स्टोरसहितको खाद्य प्रशोधन उद्योग खुल्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ८
food_processing

काठमाडौँ: पछिल्ला वर्ष ठूला व्यावसायिक घरानाहरूले अर्बौं रुपैयाँ लगानीमा कृषिजन्य उत्पादन प्रशोधन गर्न उद्योगहरू स्थापना गरिरहेका छन्। यसैक्रममा  पूर्वाञ्चल इन्डस्ट्रिज प्रालिले दुई अर्ब रुपैयाँ लगानीमा झापाको कन्काइमा कोल्डस्टोरसहितको खाद्य प्रशोधन उद्योग स्थापना हुन लागेको छ।

पूर्वाञ्चल इन्डस्ट्रिजले एकीकृत कृषि प्रशोधन कारखाना स्थापना गर्ने योजना ल्याएको हो। प्रस्तावित उद्योगमा चामल, दाल, गहुँ, मकै, तोरी, सूर्यमुखी तेल प्रशोधनका साथै माछा र कुखुराको दाना उत्पादन गर्ने भएको छ। उद्योगले १० हजार टन उत्पादन भण्डारण गर्ने क्षमता भएको कोल्डस्टोर पूर्वाधार पनि बनाउने भएको छ। उद्योगको वार्षिक उत्पादन क्षमता एक लाख १७ हजार ५२० टन छ।

कारखाना पूर्वाधार निर्माण अहिले प्रारम्भिक चरणमा रहेको छ। उद्योग पूर्वाधार र खाद्य प्रशोधन प्लान्ट स्थापना गर्न एक अर्ब ९९ करोड ९० लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

जसमा ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापको स्वपुँजी(इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। परियोजनाका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ। सिभिल संरचना बनाउन ठेकेदार कम्पनी छनौट गरिएको छ।

यसमा कुल बजेटको ३४ प्रतिशत खर्च हुने भएको छ। नेपालको दक्षिण पूर्वी क्षेत्रमा भारत–नेपाल सीमा र प्रमुख राष्ट्रिय राजमार्गको नजिक रहेकोले कच्चा पदार्थ खरिद र तयार वस्तु वितरणबाट लाभ लिने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ पुस ८ गते मङ्गलबार ०७:५७
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना