२०८३ कार्तिक ११ गते मङ्गलबार

मछिन्द्रका खेलाडीप्रति मनाङका समर्थकको रंगभेदी व्यवहार

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, जेठ २७
Machhindra club game a divisionlg
फाइल तस्बिर

काठमाडौं- दशरथ रंशालामा सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले मछिन्द्रको सामना गरिरहेको थियो। खेल दोस्रो हाफको १८औं मिनेट चलिरहेको थियो। मनाङका एक समर्थकले रंगशालामा पश्चिमपट्टि रहेको प्यारापिटबाट मनाङका समर्थक कराइरहेका थिए।

खेल दबाबपूर्ण थियो। प्यारापिटको दायाँ साइडमा मनाङका समर्थक बसेका थिए। तिनै समर्थकमध्ये एक जनाले मछिन्द्रका आमोलोजा नुर्लान करिमलाई अंकित गर्दै रंगभेदी शब्द प्रयोग गरे।

ती समर्थकले  प्रयोग गरेको शब्द करिमले सुनिहाले। रंगभेदी व्यवहारसूचक शब्द सुनेपछि नुर्लान धेरै समय मैदानमा आक्रोशित देखिएका थिए। उनलाई सम्हालिरहेका थिए, मनाङकै साहिद अजिजले। मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठले केही बेर नुर्लानलाई सम्हाल्न खोजे। तर सकेनन्।

रंगभेदी शब्द प्रयोग गर्ने समर्थक भने त्यसपछि चुप लागेर बसे। यता, नुर्लानलाई दुई मिनेट सम्हाल्न खोजे पनि उनले खेल्न चाहेनन्। त्यतिबेला मछिन्द्र एक गोलले पछि परेको थियो।

शनिबारको खेलमा मछिन्द्र जित निकाल्न चाहन्थ्यो। प्रशिक्षक किशोर केसीले जित निकाल्नकै लागि विमल घर्तीमगर र आन्द्रेस नियालाई मैदान छिराएका थिए।

नुर्लानजस्तो डिफेन्डर नहुनु मछिन्द्रका लागि दुखद् अवस्था हुन सक्ने थियो। यसैकारण केही समयपछि अनिलले नुर्लाललाई फकाएर मैदान फर्काएका थिए। त्यससपछि मात्र उनी खेल्न थाले। यता मिडिया बक्समा बसिरहेको लिग निर्देशक सञ्जीव मिश्रले पनि त्यो कुरा नजिकैबाट अनुभुति गरिरहेका थिए। उनले प्रहरीलाई सो बारेमा जानकारी दिए।

ती समर्थकले  प्रयोग गरेको शब्द करिमले सुनिहाले। रंगभेदी व्यवहारसूचक शब्द सुनेपछि नुर्लान धेरै समय मैदानमा आक्रोशित देखिएका थिए। उनलाई सम्हालिरहेका थिए, मनाङकै साहिद अजिजले। मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठले केही बेर नुर्लानलाई सम्हाल्न खोजे। तर सकेनन्।

प्रहरीले ती समर्थकलाई सम्झाइबुझाई गरेर छोडेको थियो। यो घटना हुँदा मनाङका प्रशिक्षक विष्णु गुरुङ पनि टचलाइनमा आफ्ना खेलाडीलाई खेलका रणनीति बुझाइरहेका थिए। गुरुङ पछि फर्किएर आफ्ना समर्थकलाई नबोल्न र त्यस्तो व्यवहार नदेखाउनको लागि अनुरोध गरेका थिए। त्यसपछि ती समर्थक चुप बसे।

खेलपछि पत्रकारसँग बोल्दै प्रशिक्षक गुरुङले त्यस्तो व्यवहार नगर्न सबै सार्थकलाई अनुरोध गरेका छन्। ‘शब्द ठ्याक्क सुनियो तर अब्युज (दुर्व्यवहार) कसले गरेको हो थाहा भएन। हामीले विदेशी खेलाडीलाई सम्मान गर्नुपर्छ। उनीहरुलाई यसले दुखी बनाएको छ,’ प्रशिक्षक विष्णुले भने, ‘मैले त विदेशी खेलाडीलाई प्रोटेक्ट गर्नुपर्छ भनेको हो। समर्थकले खेलाडीलाई बुझ्नुहोस्। यो कुरा बुझ्नुहोस्।’

यता आफ्नो खेलाडीमाथि दुर्व्यवहार भएपछि मछिन्द्रका प्रशिक्षक किशोर कुमार केसी पनि चिन्तित देखिए। केसीले भने, ‘सम्मान गर्नुपर्छ। फुटबलमा जातीय विभेद ल्याउनु हुँदैन। त्यो शब्दहरु बोल्नु हुँदैन। त्यो नबोलिदिनको लागि पनि म अनुरोध गर्दछु।’

यता मछिन्द्रले आजको खेलमा जित निकालेको छ। नुर्लानमाथि भएको दुर्व्यवहारपछि मछिन्द्रले मनाङलाई दुई गोल फर्काएको थियो। उसका दुई गोल भने रेफ्रीले अफसाइड करार गरिदिएका थिए। यद्यपि शनिबार सम्पन्न खेलमा उसले मनाङ मर्स्याङ्दी क्लबविरुद्ध ३–१ जित निकालेको हो। लिगको अन्तिम खेलमा साविक विजेता मछिन्द्र क्लबले कमब्याक जित निकालेको हो।

मछिन्द्रलाई जित दिलाउनका लागि फिज ओलावाले आलादिपोले २ र विमल घर्ती मगरले १ गोल गरेका थिए। खेलमा एक गोलले पछि रहेको अवस्थाबाट यी दुई खेलाडीले दोस्रो हाफको अन्तिम समयमा गोल गरेका हुन। आजको खेलसँगै ओलावालेले लिगमा व्यक्तिगत २३ गोल पुरा गरेका छन्। यो लिगमा उनी सर्वाधिक गोलकर्ता हुन्।

खेलमा मछिन्द्रले सहज खेल्ने र जित निकाल्ने योजना बनाएको थियो। उसलाई हारजितले खास असर गर्नेवाला त थिएन। दास्रो स्थान सुरक्षित गरिसकेको थियो। तर ऊ अन्तिम खेलमा जित निकाल्न चाहन्थ्यो। तर पहिलो हाफको १६औं मिनेटमा विजय श्रेष्ठले गोल गरेपछि मनाङले एक गोलको अग्रता बनाएको थियो। त्यसपछि मछिन्द्रलाई दबाब बन्यो।
‘आज एउटा इज्जतको खेल थियो। यो लडाईमा पनि सफल भयौँ। फुटबलमा जे पनि हुन सक्छ। मैले आज नबोल्ने भन्ने नै हिसाबले आएको हो। संयोगवश गोल खाइयो। खाएपछि पहिलो हाफमा आक्रमण बनेर रणनीति बनाएर गरेका प्रयास सफल भएन,’ प्रशिक्षक केसीले खेलबारे भने, ‘दोस्रो हाफमा विमल र नियाँलाई छिराएँ अनि खेल नियन्त्रणमा आयो। खेल सजिलै जितियो।
आजको खेलमा सुरुआति ११ मा नपरेका विमललाई इन्ज्युरी थियो। त्यसैले मछिन्द्रले उनलाई रेस्ट दिने योजना बनाएको थियो। प्रशिक्षकले विमलबारे बोल्दै उनले अझै खेल सुधार गर्नुपर्ने बताएका छन्। ‘विमलले यो भन्दा पनि सुधारिएको खेल्नुपर्छ। कहीँकहीँ डर छ। उससलाई उसले अझै राम्रो खेल्नु पर्छ,’ उनले भने। यता विमलले भने लिगमा सातौं गोल अन्तिम खेलमा गरेका छन्।

मछिन्द्रका मिडफिल्डर नियाँलाई पनि चोट लागेको अवस्थामा थियो। तर उनलाई खेलाउन प्रशिक्षक बाध्य भए।

मछिन्द्रले अब आउँदो अगस्तमा एएफसी कपको छनोट खेल खेल्नेछ। नेपाली क्लबले दक्षिण एसियाकै क्लबहरुसँग छनोट खेल्ने गर्दछ।

शनिबारको खेलमा जित निकालेपछि लिगको दोस्रो स्थानको मछिन्द्रले ४४ अंक बनाएर लिगको अन्त्य गरेको छ। मछिन्द्र अब नेपालबाट एएफसी कपको छनोटका खेल्नको लागि छानिएको छ। शीर्षस्थानको चर्च बोइजको एएफसी क्लब लाइसेन्स नभएको कारण दोस्रो स्थानको मछिन्द्रले सो अवसर पाएको हो।

त्यस्तै, मनाङ भने ३२ अंकका साथ लिगमा कायम रहेको छ। मछिन्द्रले अब आउँदो अगस्तमा एएफसी कपको छनोट खेल खेल्नेछ। नेपाली क्लबले दक्षिण एसियाकै क्लबहरुसँग छनोट खेल्ने गर्दछ।

यता मनाङले भने यो सिजनमा कमजोर टिम बनाएको थियो। आजैबाट अर्को सिजनको लागि राम्रो टिम बनाउन लाग्ने प्रशिक्षक विष्णु गरुङ बताउँछन्। उनले भने, ‘अर्को सिजनमा लिग खेल्ने राम्रो क्लब बनाउनका लागि आजै बाट प्रयास गर्ने हो। त्यो अनुसार हामी अर्को लिगको लागि क्लियर छौं।’

लिगको अन्तिम खेलमा हार भए पनि प्रशिक्षक गुरुङ धेरै दुखी छैनन्। ‘जित निस्किएन। खासमा उनीहरूका खेलाडीलाई हेर्दा बेस्ट थिए। हाम्रो खेलाडी केही कमजोर रहे। दोस्रो हाफमा हाम्रो कन्फिडेन्स लेभल लो थियो। मैले टिम लिएपछि टिमको प्रदर्शन जस्तो छ म त्यसमा खुसी रहेको छु।’

पछिल्लो खेल सकिएपछि मनाङका विदेशी खेलाडीले प्लेयर बक्समा तोडफोड गरेको फोटो सार्वजनिक भएका थिए। खेलाडीले तलब नपाएको विषयमा अफिसियलसँग रोष प्रकट गरेका थिए। तर प्रशिक्षक गुरुङले त्यो काम बक्समा नभएर बाहिर भएको बताएका छन्। गुरुङले भने, ‘अन्तिम खेलमा ड्रेसिङ रुममा भएको घटना होइन। टेक्निकल बक्समा भएको पनि होइन।’

प्रकाशित: २०८० जेठ २७ गते शनिवार ०६:२१
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना