काठमाडौं। दुई लघुवित्त वित्तीय संस्था एक आपसमा समाहित (मर्ज) हुने भएका छन्।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ। एक्वायर गर्ने विषयमा स्वरोजगार र विन लघुवित्तबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
काभ्रेको बनेपमा रहेको स्वरोजगार लघुवित्तको चुक्ता पुँजी ७८ करोड ३९ लाख रुपैयाँ छ। विन नेपालको चुक्ता पुँजी आठ करोड ४३ लाख रुपैयाँ छ।


