२०८३ कार्तिक २४ गते सोमबार

ठमेलमा डेढ अर्ब लगानीमा आर्या होटल खुल्यो, फेब्रुअरीदेखि पूर्ण क्षमतामा चल्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ११
aarya_hotel

काठमाडौँ: राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा चारतारेस्तररका होटलहरू निर्माण भइरहेका छन्। यसैबिच चारतारे स्तरको आर्या होटल एन्ड स्पा थपिएको छ। डेढ अर्बभन्दा बढी लगानीमा निर्माण भएको होटल हाल आंशिक रूपमा सञ्चालनमा आइसकेको छ। आगामी फेब्रुअरीदेखि पूर्ण क्षमतामा सञ्चालनमा आउने छ।

कूल ८० कोठा क्षमता रहेको आर्या होटलका ६० कोठा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन्। बाँकी २० कोठा निर्माणको अन्तिम चरणमा रहेका छन्, जसलाई फेब्रुअरीमा सञ्चालनमा ल्याइने होटल व्यवस्थापनले जनाएको छ।

होटल निर्माणमा एक अर्ब ५५ करोड १० लाख रुपैयाँ लगानी गरिएको छ। यसमध्ये एक अर्ब नौ करोड १० लाख रुपैयाँ बैंक ऋण र ४६ करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) बाट जुटाइएको हो। कुल लगानीमध्ये ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत स्वपुँजी रहने गरी वित्तीय संरचना बनाइएको छ।

होटलका एकमात्र प्रवर्द्धक कृष्णप्रसाद सिम्खडा हुन्। आतिथ्य व्यवसायमा दुई दशकभन्दा बढीको अनुभव भएका सिम्खडा ग्रिसा अटो, अटो पार्क जापान, एभरेस्ट फूड (जापानमा चेन रेस्टुरेन्ट) र आर्य कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष पनि हुन्। उनको जापानमा १४ वटा चेन रेस्टुरेन्ट सञ्चालनमा छन्। सिम्खडाको यस क्षेत्रमा लामो अनुभवलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँग सञ्जाल स्थापित गरेका छन्।

होटलमा सबै किसिमका आधुनिक सुविधाहरू फूड एन्ड बेभरेज सेवा, स्विमिङ पूल, सम्मेलन हल, ज्याकुजी, स्पालगायत अन्य सुविधाहरू उपलब्ध हुने आर्याले जनाएको छ। होटल काठमाडौँको ठमेलमा केन्द्रमा अवस्थित छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलोमिटरको दूरीमा छ।

काठमाडौँमा पर्यटकहरूको आगमन उच्च छ। किनकि यो उडानमार्फत देशमा अन्तर्राष्ट्रिय पर्यटकहरूको प्रवेश विन्दु हो।

नेपालको सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यहरू मध्ये एक हो ठमेल, जहाँ हरेक वर्ष ठूलो संख्यामा पर्यटकहरू भ्रमण गर्छन्। आर्य होटल एण्ड स्पा सन् २०१८ मा स्थापना भएको हो। गत अगस्टदेखि काठमाडौंको ठमेलमा चारतारे होटलको सञ्चालन सुरु गरेको छ। होटल ६१४.८८ वर्गमिटर जमिनमा फैलिएको छ।

प्रकाशित: २०८२ पुस ११ गते शुक्रबार ०२:४३
प्रतिक्रिया

थप समाचार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना